Hot News
उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल ; नेपाली धावकहरुलाई हङकङमा सम्मान ; उम्मेद्वारलाई लक्षित गरि वम प्रहार घटना बढ्दाे, सुरक्षा चुनौती थपिदै ; चितवनमा वाम र लोकतान्त्रिक गठबन्धनको सबै चुनाव प्रचार स्थगित
Home > News > Political

'हैसियतभन्दा माथि गएर अन्तर्राष्ट्रिय क्षेत्रमा कुरा राख्नु औचित्यहीन'

Friday, 04.26.2013, 10:33pm (GMT+6.5)    | Comment | Print | Tell friend

बैशाख १३, काठमाडौँ

नेपाली कांग्रेस नेता रामशरण महतले एनेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालको आसन्न भारत भ्रमणबाट राष्ट्रहितका सवालमा राम्रो प्रतिफलको आशा गर्न नसकिने विचार व्यक्त गरेका छन्। दाहालको भोलिदेखि हुन लागेको भारत भ्रमण पार्टी सम्बन्ध सुधारका दृष्टिले महत्वपूर्ण हुन सक्ला तर दलका नेता तथा सरकार प्रमुखसँगको विना छलफलबाट गरिने भ्रमणले राष्ट्रको हितमा परिवर्तन ल्याउन नसक्ने दाबी गरे।नेता महतले संविधानसभाको निर्वाचन मङ्सिरसम्ममा हुनुपर्ने र आयोगले निर्वाचनका लागि सवै राजनीतिक दलहरूलाई भाग लिन सहमतिमा ल्याउनुपर्ने आवश्यकता औंल्याउँदै नेकपामाओवादीका अध्यक्ष मोहन वैद्यको विरोध गैह्रजिम्मेवारी पूर्ण भएको उल्लेख गरे। नेकपा एमालेका प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले एनेकपा माओवादी दलको भारतसँगको सम्बन्ध विगत लामो समयदेखि अस्थिर र चिसो रहेको चर्चा गर्दै अध्यक्ष प्रचण्ड दलीय सम्बन्ध सुधारका लागि जानलागेको हुनसक्ने तर विना गृहकार्य राष्ट्रको हितमा त्रिपक्षीय सहयोग सहमति सम्भव नहुने विचार व्यक्त गरे।भारतका लागि पूर्व नेपाली राजदूत दुर्गेशमान सिंहले राजनीतिक दलका नेतहरूले कुटनीतिक भाषा बोल्नुपर्नेमा त्यसको कमी रहेको औंल्याउँदै राष्ट्रिय स्वार्थमा दलहरूबीच छलफल गरी सहमति हुनु आवश्यक रहेको बताए।

पूर्व राजदूत भेषबहादुर थापाले मर्यादापूर्ण कुटनीति विगत केही वर्षदेखि नभएको र नेताहरूको जथाभावी अभिव्यक्तिले राष्ट्रको हित नहुने भन्दै यसका लागि गम्भीर गृहकार्य गर्नुपर्ने उल्लेख गरे। उनले हैसियतभन्दा माथि गएर अन्तर्राष्ट्रिय क्षेत्रमा बढी कुरा राख्नु औचित्यहीन हुने र यसोगर्दा आफैँ हलुका होइने विचार व्यक्त गरे।

एनेकपा माओवादीका महासचिव पोष्टबहादुर बोगटीले पार्टीको धमिलिएको छवीलाई सुधार गर्न र बदलिएको परिवेशमा दलको विचार परिवर्तन गर्दै लाने सम्वन्धमा अध्यक्षको भारत भ्रमण सार्थक हुने विश्वास व्यक्त गरे।


रासस

Hot News

 

SEARCH

Newsletter

Top