Hot News
यस वर्षको 'राष्ट्रिय स्रष्टा सम्मान २०७३’ बरिष्ठ गीतकार राजेन्द्र थापालार्इ ; हङकङमा निशुल्क स्वस्थ शिबिर मार्फत नेपालका बाढी पिडितलाई सहयोग जुटाउने ; नयाँ शक्ति ध्रुवीकरणमा देवेन्द्र पौडेलले पनि छाडे बाबुरामको साथ ; क्यान्सर रोगी सिपाहीलाई संखुवासभा समाज हङकङद्धारा सहयोग ; ललितपुर चुम्लुङद्धारा याःलाङ प्रशिक्षण
Home > News > Political

निर्दलीय सरकार खारेज नभएसम्म संघर्ष : ३३ दल

Wednesday, 04.17.2013, 10:25pm (GMT+6.5)    | Comment | Print | Tell friend

वैशाख ४, काठमाडौ

चार दलको सहमतिमा बनेको वर्तमान अन्तरिम चुनावी सरकारविरुद्ध रहेको ३३ दलीय संयुक्त आन्दोलनकारी मोर्चाले आज विरोध प्रदर्शन र सभा गरेको छ। विभिन्न स्थानबाट विरोध जुलुस निकालेको मोर्चाले रत्नपार्कस्थित शान्ति बाटिकामा विरोधसभा आयोजना गरेको थियो। सभामा बोल्दै विभिन्न दलका नेताहरूले चार दलको समर्थनमा बनेको वर्तमान निर्दलीय सरकार खारेज नभएसम्म सङ्घर्षका कार्यक्रम जारी रहने बताए।नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्दले चार दलले निर्वाचनको नाममा जनतालाई झुक्याएर धोका दिएको भन्दै जनताको सुझाव बुझेर भूल नसच्याए उनीहरू पतन हुने चेतावनी दिए।उनले आफूहरूले शान्तिपूर्ण समाधान चाहेको भए पनि चार दल र शासक वर्ग जनताले नचाहेको जबर्जस्त निर्वाचन लाद्न खोजिरहेको भन्दै माग सम्बोधन नगरी दबाउन खोजिए सडकबाट मोर्चा कस्न बाध्य हुने बताए। जनजाति नेता कुमार राईले जनताको एजेण्डा नबोक्ने र बाध्यताको एजेण्डा बोकेर हिँड्ने दलहरूको अब अस्तित्व समाप्त हुने बताए।वामपन्थी नेता लोकनारायण सुवेदीले चार दलको सहमतिले जनतालाई अपमान गरेको आरोप लगाए। 


रासस

Hot News

 

SEARCH

Newsletter

Top