Hot News
पशुपतिमा १३ लाख भक्तजनले दर्शन गर्ने ; टीका रानाको अगुवाईमा स्काई म्याराथन धाविकाहरु सङ्ग भेटघाट तथा बिदाई कार्यक्रम , ; प्रमुख तीन दल नेपाली कांग्रेस, एमाओवादी र एमालेका शीर्ष नेताबीच बैठक ; राजधानीको सबैभन्दा व्यस्त रहने न्यूरोडमा फिल्मी शैलीमा अपहरण र लुटपाट भएको छ ; स्थानीय तहको निर्वाचन मिति घोषणा फिर्ता लिन सरकारसमक्ष माग गरेका हुन् ।
Home > News > Political

उर्जामा राजनीतिक हस्तक्षेप नगर्ने दलहरुको प्रतिवद्धतापत्रमा

Wednesday, 04.10.2013, 10:23pm (GMT+6.5)    | Comment | Print | Tell friend

चैत्र २८, काठमाडौ

प्रमुख राजनीतिक दलले उर्जा विकासमा अवरोध नगर्ने लिखित प्रतिवद्धता जनाएका छन् । बुधबार उद्योग वाणिज्य महासंघको ४७ औ वार्षिक साधारणसभामा मुख्य दलका शिर्षस्थ नेताले उर्जामा राजनीतिक हस्तक्षेप नगर्ने प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेका हुन । महासंघले वार्षिक साधारणसभालाई उर्जा विकासको मुद्धामा केन्द्रीत गरेको छ । महासंघले चरम उर्जा संकट कम गर्न जलविद्युत विकासमा अवरोध नगर्ने प्रतिवद्धमा दलहरुलाइ सहमत गराएको हो ।महासंघको प्रतिवद्धता पत्रमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष झलनाथ खनाल, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले हस्ताक्षर गर्नुभएको छ । चैत २८ गतेलाई उद्योग दिवसका रुपमा समेत मनाउन लागेको महासंघले साधरणसभाको पहिलो सत्रमा उर्जा विकासका संभावनाबारे छलफल गर्दैछ ।  साधारण सभाको उद्घाटन गर्दै अन्तरिम मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले आर्थिक विकासको माध्यमबाटबाट मुलुकलाई सम्बृद्धितर्फ लैजानुपर्ने बताउनुभयो ।अध्यक्ष रेग्मीले निर्वाचनकै लागि सरकार बनेकाले वातावरण बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । महासंघका अध्यक्ष सुरज वैद्यले उर्जाको विकासवीना आर्थिक विकास सम्भव नहुने बताउनुभयो । उहाँले उर्जामा राजनीतिक अवरोध नगर्ने दलहरुको प्रतिवद्धता व्यवहारमा कार्यान्वयन भए महासंघले आवश्यक वैदेशिक लगानी भित्र्याउने दावी गर्नुभयो ।


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top