Hot News
सिन्धुलीगढीसम्म साइकल यात्रा ; फास्टफुड एसाेसिएसन नेपालको १३औं वार्षिक धारणसभा सम्पन्न । ; सुस्त गतिमा मतगणना एक मात्र महानगर वीरगञ्जमा राजपाको अग्रता ; प्रधानमन्त्री देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन अमेरिकामा ; सुम्निमा कलेक्सनले दोस्रो बिक्रिकेन्द्र उदघाटन गरे ।
Home > News > Political

पार्टी छोडेका नेतालाई ‘पुरानो घर’मा फर्किन एमालेको आग्रह

Monday, 04.08.2013, 06:59pm (GMT+6.5)    | Comment | Print | Tell friend

चैत्र २६, काठमाडौ

एमालेले विगतमा पार्टी छोडेका सम्पूर्ण नेता तथा कार्यकर्तालाई पुरानो घरमा फर्किन आग्रह गरेको छ । सोमबार बल्खुमा पत्रकार सम्मेलन गर्दै एमालेको पार्टी प्रवेस तथा एकिकरण सम्बन्धि कार्यादलले शान्ति, लोकतन्त्र र परिवर्तनका पक्षधर वामपन्थी समूहहरूलाई सार्थक वार्ताद्वारा सहकार्य, एकता र पार्टी एकीकरणको प्रक्रियामा सहभागी औपचारिक आह्वान गरेको हो ।पछिल्लो समयमा एमालेबाट केन्द्रिय स्तरका नेताहरु नै पार्टी छोड्ने क्रम चलिरहेका बेला पुरानालाई फर्काउन एमाले सार्वजनिक रुपमै आह्वान गरेको हो । संघयिताको बिषयलाई लिएर उपाध्यक्ष अशोक राई लगायतका नेताहरुले  गत साउनमा एमाले छोडेका थिए । दुई दिन अघि मात्र पोलिट ब्यूरो सदस्य रामचन्द्र झा समेत एमाले छोडी एमाओवादीमा प्रवेश गरेका थिए ।

महासचिव इश्वर पोखरेलको संयोजकत्वमा कार्यदलले आउनुहोस्, आफ्नै पुरानो घर नेकपा (एमाले) मा फर्कनुहोस् र पार्टीलाई बलियो बनाउँदै राष्ट्र, जनता र परिवर्तनको प्रवाहलाई सुनिश्चित बनाउन सक्रिय भूमिका खेल्नुहोस्कार्यदलको अपिलमा उल्लेख छ ।अन्य पार्टीमा आवद्धहरुलाई पनि  एमालेमा आवद्ध भएर शान्ति, लोकतन्त्र, सामाजिकआर्थिक रूपान्तरण र राष्ट्रियता सम्वद्र्धनको  अभिायानमा भूमिका खेल्न  एमाले आग्रह गरेको छ ।आजसम्म कुनै दलसग आवद्ध नरहेका तर आफ्नो निष्ठा, विशेषज्ञता र भूमिकाद्वारा समाजमा सकारात्मक योगदान दिइरहनुभएका स्वतन्त्र व्यक्तित्वहरूलाई पनि समाज परिवर्तनका लागि सङ्गठित शक्ति र सामूहिक क्रियाशीलता आवश्यक छ भन्ने यथार्थ वोध गर्दै एमालेमा आवद्ध हुन हामी आह्वान गर्दछौंएमालेको अपिलमा उल्लेख छ ।

 


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top