Hot News
किरात राईहरुको देउसी भैलोलाई ८ नं. ताइफुनले पनि रोक्न सकेन ; एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयी ; विजयकुमार गच्छदारले गरे नेपाली कांग्रेससँग एकता ; मेलबर्नमा लक्ष्मी जयन्तीमा "पर्खिरहेको घर" बिमोचन ; कांग्रेस र नयाँशक्तिबीच चुनावी तालमेल गर्ने सहमति
Home > News > Political

असारमा निर्वाचन हुने सम्भावना कम: अध्यक्ष खनाल

Sunday, 04.07.2013, 07:51pm (GMT+6.5)    | Comment | Print | Tell friend

चैत्र २५ ,काठमाडौ

नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले असारमा निर्वाचन हुने सम्भावना कम रहेको बताउनु भएको छ । आइतबार रिपोर्टर्स क्लब नेपालले सुरु गरेको संविधानका लागि संविधानसभाको निर्वाचन अभियान अन्तर्गतको विशेष साक्षात्कारमा आफ्नै निवासमा सञ्चारकर्मीसंग उहाँले निर्वाचनका लागि अझै राजनीतिक वातावरण पनि बनिनसकेको बताउनु भयो । उहाँले भन्नु भयो एमाओवादीले असार पहिलो साता नै चुनाव चाहेको भए फागुन ३० गते नै आएर किन सहमति गर्दथ्यो ? निर्वाचन हुने गरी अगाडिनै सहमति गर्न सक्थ्यो । उहाँले विगतमा पटकपटक तिथी सारेजस्तो नहुने गरी निर्वाचनको तिथी तोकिनुपर्ने उहाँको भनाई थियो ।उहाँले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले असारमा नभए मसिंरमा निर्वाचन हुन नदिने दिएको अभिव्यक्तिलाई फुटुङग्रे धम्किको संज्ञा दिदै यस्ता धम्कीबाट कोही नतर्सिने बताउनु भयो ।नागरिकता वितरण, निर्वाचन कानून, जनशक्ति परिचालन, भोटिङ मेसिन, सीसीटीभी जडान, कर्मचारीको ब्यवस्था सहित समस्या समाधान हुन नसकेकोले असारको पहिलो साता निर्वाचन हुने सम्भावना न्यून रहवेको उहाँले प्रष्ट पार्नु भयो ।आफनो पार्टीका रामचन्द्र झा लगायतका केही नेता एमाओवादीमा प्रवेशको प्रसंगमा खनालले एमाले समुद्र भएकोले त्यसबाट एकलोटा पानी झिक्दा र थप्दा कुनै असर नपर्ने तर्क समेत दिनु भयो ।


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top