Hot News
कतारमा स्व. सर्बधन सुनुवारप्रति श्रद्धाजली अर्पण ; एकैपरिवारका ४ जना रहस्यमय मृत्यु, सीआईबीले अनुसन्धान थाल्यो ; हङकङका नेपाली व्यावसायी कर्मा गुरुङमाथि आक्रमण ; साहित्यकार जसराज किरातीले कविता सुनाए ; नेपाल हट्यो ईकाओको सुरक्षा चासो सूचीबाट
Home > News > Political

वैद्य नआएपछि उच्चस्तरीय राजनीतिक समितिको बैठक स्गगित

Friday, 04.05.2013, 09:57pm (GMT+6.5)    | Comment | Print | Tell friend

चैत्र २३, काठमाडौं

उच्चस्तरीय राजनीतिक समितिले वार्ताका लागि बोलाए पनि नेकपा-माओवादी र मधेसी जनअधिकार फोरम नेपाल सहभागी भएनन्। समितिले वार्ताका लागि नयाँ वानेश्वरस्थित सेना समायोजन विशेष समितिको सचिवालयमा आमन्त्रण गरे पनि ती दल सहभागी नभएपछि आजको वार्ता सुरु नै नभइ स्थगित भएको हो।निर्वाचनको वातावरण बनाउनका लागि उच्चस्तरीय समितिले माओवादी र फोरम लगायतका दललाई आमन्त्रण गरे पनि ती दल सहभागी नभएको एकीकृत नेकपा(माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए  दुवै दललाई समितिका संयोजक एवम् एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यलाई र फोरम अध्यक्ष उपेन्द्र यादवलाई नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले टेलिफोन गरी वार्तामा सहभागी हुन आग्रह गरेका थिए। 
चार दलको कुनै हैसियत नभएको जिकिर गर्दै माओवादी अध्यक्ष वैद्यले वार्ता नगर्ने अडान लिएको तर यादवले भने आफू वार्ताका लागि तयार रहेको जानकारी गराएका थिए। वार्ताका लागि निम्त्याइएका दल नै सहभागी नभएपछि प्रमुख राजनीतिक दलका नेताहरुले निर्वाचनको प्रक्रिया र त्यसका लागि अख्तियार गर्नुपर्ने रणनीतिका विषयमा छलफल भएको एमाओवादी उपाध्यक्ष श्रेष्ठले जानकारी दिए। 
उनले भने, 'फेरि पनि निर्वाचनको विरोधमा रहेका दलहरुलाई पुनः वार्ताका लागि समितिका संयोजकलाई नै जिम्मा दिइएको छ, उहाँहरु राजनीतिक शक्ति भए वार्तामा आउनैपर्छ, वार्ता र सम्वादमा आउँदिन भन्नु अराजनीतिक व्यवहार हो।'
निर्वाचन मुलुकका लागि अत्यावश्यक भएको बताउँदै उनले माओवादी, फोरमलगायतका साना दल वार्तामा आउनेमा समिति विश्वस्त रहेको बताए। समितिले पुनः एमाओवादी अध्यक्षलाई वार्ताका लागि जिम्मेवारी दिएको छ। 


रासस

Hot News

 

SEARCH

Newsletter

Top