Hot News
फेसबुक र ट्वीटरबाट समेत निर्वाचनको प्रचार प्रसारमा रोक ; तेल ट्यांकरमा आगलागी हुँदा कम्तीमा १२३ जनाको मृत्यु ; धनुषामा गोली चल्यो प्रधानाध्यापककाे अवस्था गम्भीर ; एक हजार तामाङ काटिएको इतिहास ; चुनाव चिन्ह पाए पछि चुनावी प्रचार प्रसार तीब्र
Home > News > Political

वैद्यसँग उच्चस्तरीय राजनीतिक समितिले वार्ता गर्ने

Thursday, 04.04.2013, 10:12pm (GMT+6.5)    | Comment | Print | Tell friend

चैत्र २२, काठमाडौ

उच्चस्तरीय राजनीतिक समितिले निर्वाचन प्रक्रियाको विरोधमा रहेका दलसँग वार्ता र सम्वाद गर्ने भएको छ। सेना समायोजन विशेष समितिको सचिवालय नयाँ बानेश्वरमा बसेको बैठकले निर्वाचन प्रक्रियाको विरोधमा रहेको नेकपा-माओवादी र मधेसी जनअधिकार फोरम नेपालसँग शुक्रबार वार्ता गर्ने निर्णय गरेको छ। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले निर्वाचनको प्रक्रियाको विरोधमा रहेका दलसँग वार्ता र संवाद गरी निर्वाचनको माहोल बनाउने निर्णय गरिएको जानकारी दिए। उनले भने, 'सबै दल तथा राजनीतिक समूह निर्वाचन आउनुपर्छ, लोकतन्त्रवादी भए सबै दल निर्वाचनमा सहभागी हुन्छन् भन्ने हामीलाई विश्वास छ, सोही विश्वासअनुसार हामीले वार्ता र संवादमार्फत नै समस्याको हल खोज्ने निर्णय गर्‍यौं।' उनले निर्वाचनमा जान्न भन्नु जनतासँग डराउने कुरा भएको भन्दै तत्कालका लागि निर्वाचन प्रक्रियाको विरोध गर्ने दल पनि क्रमशः निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरे। बैठकले राष्ट्रिय योजना आयोगलगायत निकायमा नयाँ नियुक्ति गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ। तत्काल निर्वाचनको मिति घोषणा गर्ने विषयमा पनि बैठकमा छलफल भएको बताइएको छ।बैठकमा एकीकृत नेकपा(माओवादी)ले समानुपातिक निर्वाचन प्रणालीमा राखिएको सीमा जायज नभएको भन्दै निर्णय सच्याउनुपर्नेमा जोड दिएको थियो। सो मागमा नेकपा(एमाले) पनि सकारात्मक रहेको बताइएको छ। बैठकपछि एमालेका उपाध्यक्ष वामदेव गौतमले निर्वाचनको मिति घोषणा गर्नु अगाडि सबै प्रक्रिया मिलाउनका लागि सरकारलाई आग्रह गरिने र त्यसमा राजनीतिक समितिले सहयोग गर्ने निर्णय गरिएको जानकारी दिए।


रासस

Hot News

 

SEARCH

Newsletter

Top