Hot News
रामेछापमा बस दुर्घटना हुँदा ३ को मृत्यु, १८ जना घाइते ; सात लाख भूकम्प पीडितको दसैं टहरामै ; सिन्धुलीगढीसम्म साइकल यात्रा ; फास्टफुड एसाेसिएसन नेपालको १३औं वार्षिक धारणसभा सम्पन्न । ; सुस्त गतिमा मतगणना एक मात्र महानगर वीरगञ्जमा राजपाको अग्रता
Home > News > Political

३३ दलको विरोध कार्यक्रम सार्वजानिक

Sunday, 03.24.2013, 07:29pm (GMT+6.5)    | Comment | Print | Tell friend

चैत्र ११, काठमाडौ

प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा अन्तरिम चुनावी मन्त्रीपरिषद् गठनको बिरोध गर्दै आएका नेकपा माओवादी सहितका अन्य साना दलहरुले दोस्रो चरणका विरोधका कार्यक्रमहरु सार्वजानिक गरेका छन् ।आज राजधानीमा बसेको संयुक्त बैठकले आगमी चैतको १५-२५ गते सम्ममा विभिन्न कार्यक्रमहरुको तय गरेको छ ।संघर्षका कार्यक्रम अन्तर्गत बैठकले चैत १५ गते देशका मुख्य शहरहरुमा कोणसभा १६,१७ र १८ गते भित्ते लेखन र प्रचार प्रचार १९ गते ठूला शहरहरुमा विरोध सभा २० गते राजधानीमा सिंहदरबार र बिहिरी जिल्लाहरुमा प्रशासन कार्यलय घेराउ गर्ने तय गरिएको छ ।यस्तै २१ गते कालो झण्डा सहित मोटरसाइकल र्याली र २२ गते काणसभा गर्ने कार्यक्रम रहेको छ ।बैठकले गत चैत १ गते दलहरुबीच भएको सहमतिलाई प्रतिगामी कदमको संज्ञा दिदै त्यो सच्चिनु पर्ने माग समेत गरेको छ । यस्तै रेग्मी नेतृत्वको चुनावी सरकारले संविधान सभाको आगमी निर्वाचनलाई अषर पुग्ने निर्णय गर्न तत्काल बन्द गर्नु पर्ने माग समेत बैठकले अघि सरेको छ ।आन्दोलनरत ३३ दलले केन्द्र देखि जिल्लासम्म जनआन्दोलन संयोजन समिति बनाउने समेत निर्णय गरेको छ ।


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top