Hot News
किरात राईहरुको देउसी भैलोलाई ८ नं. ताइफुनले पनि रोक्न सकेन ; एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयी ; विजयकुमार गच्छदारले गरे नेपाली कांग्रेससँग एकता ; मेलबर्नमा लक्ष्मी जयन्तीमा "पर्खिरहेको घर" बिमोचन ; कांग्रेस र नयाँशक्तिबीच चुनावी तालमेल गर्ने सहमति
Home > News > Political

उच्चस्तरीय राजनीतिक समिति गठन

Saturday, 03.16.2013, 09:12pm (GMT+6.5)    | Comment | Print | Tell friend

३ चैत, काठमाडौं

प्रमुख चार दलले चुनावी सरकारलाई सघाउन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा शीर्ष नेताहरुसहित ८ सदस्यीय उच्चस्तरीय राजनीतिक समिति गठन गरेका छन् ।आज नयाँवानेश्वरको विशेष समितिको सचिवालयमा बसेको बैठकले चार दलका शीर्ष नेता र एक-एक जना प्रतिनिधी रहेको गरी समिति गठन गर्नेसहित ६ बुँदे सहमति गरेको हो । समितिको नेतृत्व १-१ महिना आलोपालो गर्ने सहमति समेत भएको छ । सहमति अनुसार पहिलो महिना माओवादी अध्यक्ष प्रचण्डले समितिको नेतृत्व गर्नु हुनेछ भने त्यसपछि क्रमशः कांग्रेस, एमाले र मधेसी मोर्चाका शीर्ष नेताले राजनीतिक समितिको नेतृत्व गर्ने छन् ।राजनीतिक समितिले सरकार सञ्चालन लगायतका महत्वपूर्ण निर्णयमा महत्वपूर्ण भूमिका खेल्नेछ । संयन्त्रले तोकिएको समयमा निर्वाचन गर्न आवश्यक वातावरण बनाउने, कुनै बिशेष कारण चुनाव हुन नसके अर्को मिति तोक्नेदेखि मंसिरसम्ममा चुनाव नभए अर्को सरकार गठनका लागि सिफरिस गर्नेसम्मको काम गर्ने छ ।प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा अन्तरिम चुनावी मन्त्रिपरिषद् गठन गर्ने क्रममा चार दलबीच भएको ११ बुँदे उच्चस्तरीय राजनीतिक सहमतिमा समिति गठन गर्ने उल्लेख रहेको छ ।

 


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top