Hot News
हङकङबासी १३ वर्षिया नेपाली बालिकाद्धारा आत्महत्याको प्रयास ; पत्रकारलाई लक्षित गरी आरआर क्याम्पसमा पेट्रोल बम प्रहार ; लिम्बू गीतको म्युजिक भिडियो छायाङ्कन सम्पन्न ; संखुवासभा हङकङ प्रतिभा पुरस्कार तारा र चन्द्रलाई ; गौतम बुद्धको शहर हङकङमा विमोचित
Home > News > Political

पुतला जलाउने खोज्दा प्रदर्शनकारी र प्रहरीबीच झडप

Saturday, 03.16.2013, 09:11pm (GMT+6.5)    | Comment | Print | Tell friend

चैत्र ३, काठमाडौ

अन्तरिम संविधानको मर्म र भावना विपरीत असंवैधानिक तरिकाले प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन गरेको विरोधमा राष्ट्रपति र चार दलको पुतला जलाउनेक्रममा शनिबार पनि नेकपा-माओवादीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।रत्नपार्कस्थित शान्ति बाटीकामा भेला भएका माओवादी कार्यकर्ताले पुतला जलाउन खोजेपछि खोस्न गएको प्रहरीसँग झडप भएको हो । झडपका कारण केहीबेर स्थिति तनावग्रस्त बनेको थियो। प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वमा अन्तरिम चुनावी मन्त्रिपरिषद् गठन गर्ने चार दलको सहमति जलाउने क्रममा शुक्रबार पनि रत्नपार्कमा झडप भएको थियो । त्यसक्रममा दुई पक्षबीच ढुंगा हानाहान र ठेलाठेल भएको थियो ।


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top