Hot News
बेलायतमा आदिबासी महिलाले मनाए नारी दिवस ; समानुपातिक प्रतिनिधित्वका लागि तीन प्रतिशत 'थ्रेस होल्ड' एक सिट जित्नै पर्ने ; डीआईजीमा चन्दको बढुवा बदर ; कार दुर्घटनामा हङकङबासी विष्णु कुमार लिम्बुको मृत्यु ; युनाइटेड क्लबको ३३ औं अपग्रेडिङ्ग टेष्ट सम्पन्न
Home > News > Political

वैदेशिक हस्तक्षेपले राष्ट्रियता कमजोर : कोइराला

Saturday, 03.16.2013, 09:08pm (GMT+6.5)    | Comment | Print | Tell friend

 

चैत्र ३, काठमाडौ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले पछिल्ला दिनमा मुलुकमा वैदेशिक हस्तक्षेप अत्यन्तै बढेको भन्दै चिन्ता व्यक्त गरेका छन्। राष्ट्रिय राजनीतिमा वैदेशिक हस्तक्षेप हावी हुँदा राष्ट्रियता कमजोर भइरहेको उनले बताए।नेपाल वित्तीय कर्मचारी सङ्घको सातौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले पछिल्लो समयमा भएका विभिन्न गतिविधि तथा राजनीतिक दृश्यले नेपालको राष्ट्रियता कमजोर भइ लोकतन्त्रको भविष्य अनिश्चित देखिएको धारणा राखे।उनले राष्ट्रवादीहरुको एकताले मात्र राष्ट्रियतालाई बलियो बनाउन सक्ने र त्यसले लोकतन्त्रलाई सुदृढीकरण गर्ने विश्वास व्यक्त गर्दै लोकतान्त्रिक पद्धतिमा शक्ति पृथकीकरणको सिद्धान्त महत्वपूर्ण हुने चर्चा गरे।कोइरालाले अहिलेसम्म जनताले गरेका विभिन्न आन्दोलनका माध्यमबाट प्राप्त भएका राजनीतिक उपलब्धिलाई जोगाउन शक्ति सन्तुलनको सिद्धान्त आवश्यक रहेको भन्दै वर्तमान कार्यपालिका प्रमुख खिलराज रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा दिएर निस्पक्ष चुनाव गराउनुपर्ने बताए।नेपाली कांग्रेस काठमाडौँ जिल्ला सभापति भिमसेनदास प्रधानले देशको राजनीतिक तथा संवैधानिक जटिलतालाई समाधान गर्न छिटो निर्वाचन सम्पन्न गर्न जरुरी रहेको उल्लेख गरे।


रासस

Hot News

 

SEARCH

Newsletter

Top