Hot News
घोषणापत्र जारी गर्दै इन्टरपोलको एसिया प्यासिफिक सम्मेलन सम्पन्न ; घोषणापत्र जारी गर्दै इन्टरपोलको एसिया प्यासिफिक सम्मेलन सम्पन्न ; मन्त्रिमण्डल ४३ सदस्यीय पुग्यो ; हुलाकी राजमार्ग उद्घाटन, भारतीय राजदूतलाई कालोझन्डा देखाउने ६ पक्राउ ; किरात राई यायोक्खा हङकङले यले दुङ ५०७७ मनायो
Home > News > Political

राष्ट्रपति सरकारका मन्त्रीलाई जिल्ला प्रवेश निषेध

Friday, 03.15.2013, 10:51pm (GMT+6.5)    | Comment | Print | Tell friend

चैत्र २, काठमाडौं

नेकपा-माओवादी सहित ३४ वटा साना दलले राष्ट्रपति डा. रामवरण यादव र सरकारका मन्त्रीलाई जिल्ला प्रवेश निषेध गर्ने निर्णय गरेको छ । अन्तरिम संविधानको मर्म र भावना विपरीत असंवैधानिक तरिकाले प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन गरेको विरोधमा सरकारका कामकारवाहीलाई बहिस्कार गर्ने तथ जिल्ला प्रवेश निषेध रोक लगाउने निर्णय गरेको हो । नेकपा-माओवादी सचिव देव गुरुङले असंबैधानिक कदमविरुद्ध जस्तो प्रकारको आन्दोलन गर्न पनि तयार रहेको बताउनु भयो । विदेशी आडधापमा बनेको सरकारको नेतृत्व आफूलाई मान्य नहुने भन्दै उहाँले कडा जनसंघर्षका कायक्रम सार्वजनिक गरिने बताउनु भयो । बैठकमा रेग्मी नेतृत्व सरकारको विरोधमा चैत्र ४ गते देशका मुख्य सहरमा विरोधसभा गर्ने निर्णय गरेको छ । त्यसैगरी ५ र ६ गते नागरिक समाज र पूर्व सभासदसँग अन्तक्रिया गर्ने समेत निर्णय गरेको छ ।यसैबीच नेकपा-माओवादीसहितका साना दलहरुले चार दलबीच भएको ११ बुँदे सहमति र २५ बुँदे बाधा अड्काउ फुकाउ आदेशको प्रति जलाउने क्रममा प्रहरीले हस्तक्षेप गरेको छ ।रत्नपार्कको शान्तिबाटिकामा ११ र २५ बुँदे जलाउन खोज्दा प्रहरीले हस्तक्षेप गर्दा झडप समेत भएको थियो ।

 


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top