Hot News
ल्याउन सकेन सरकारले चिकित्सा शिक्षा विधेयक ; गृहसचिवमा लोकदर्शन रेग्मी तथा प्राधिकरण सीईओमा युवराज भुषाल नियुक्त ; यस्ता छन कांग्रेस र एमाले ले टुंगो लगाएको उम्मेदवारहरू ; उम्मेदवारको मनोनयन दर्ता आज ; किरात राईहरुको देउसी भैलोलाई ८ नं. ताइफुनले पनि रोक्न सकेन
Home > News > Political

प्रधानन्यायाधीश नेतृत्वको विरुद्धमा मध्यदिनदेखि बन्द

Thursday, 03.14.2013, 02:35pm (GMT+6.5)    | Comment | Print | Tell friend

चैत्र १,काठमाडौ

प्रधानन्यायाधीश नेतृत्वमा दलबाहिरबाट अन्तरिम चुनावी मन्त्रिपरिषद् गठन गर्ने चार दलको निर्णयविरुद्ध नेकपा-माओवादीसहित २२ दलले संयुक्त मोर्चा सडक संघर्षमा उत्रेका छन् । उनीहरुले आज १२ बजेदेखि आह्वान गरेको बन्दका कारण राजधानी प्रभावित भएको छ ।ठाउँ ठाउँमा बन्द आह्वानकर्ताहरु बन्द सफल बनाउन प्रर्दशन गरेका छन् भने सुरक्षा तैनाथी पनि बढाइएको छ । आकस्मिक रुपले बन्द भएपछि घर बाहिर निस्केका सर्वसाधारण, कर्मचारी, विद्यार्थी सबै प्रभावित भएका छन् । विरोध प्रदर्शन र धर्नामा माओवादी उपाध्यक्ष सीपी गजुरेल, महासचिव रामबहादुर थापा, पुनर्गठित माओवादीका अध्यक्ष मातृका यादवलगायत उपस्थित थिए । प्रदर्शनकाक्रममा प्रहरीसँग झडप समेत भएको छ । नेकपा-माओवादीका महासचिव थापाले चार दलको निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी रहने बताउनु भयो ।


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top