Hot News
राष्ट्रिय सभा गठन विवादको राजनीतिक समाधान खोज्नु पर्ने माओवादी केन्द्रको निष्कर्ष ; अशोक राईसँगको एकता उपेन्द्र यादवलाई लाभ कि दबाब ? ; सत्तालिप्सामा माओवादी, कांग्रेस हार्दा सिटौलालाई दोष ; उपत्यकाको तापक्रम दुई डिग्रीमा झर्‍यो, अझै चिसो बढ्ने ; हङकङ नर्थ फेस दौड मा बेद सुनुवारको सानदार जीत
Home > News > Political

प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाए सशक्त आन्दोलनमा

Wednesday, 03.13.2013, 10:45pm (GMT+6.5)    | Comment | Print | Tell friend

फाल्गुन ३०, काठमाडौं

नेकपा-माओवादीसहितका २२ दलले प्रधानन्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको नेतृत्व दिए सशक्त आन्दोलनमा उत्रने चेतावनी दिएका छन् अन्तरिम संविधानको मर्म विपरीत मुख्य चार दल एमाओवादी, कांग्रेस, एमाले मधेसी मोर्चाले प्रधानन्यायाधीश रेग्मीको नेतृत्वमा चुनावी सरकार घोषणा गर्न लागेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएको ।नेकपा-माओवादी लगायत २२ दलवीच प्रधानन्यायधीश नेतृत्वमा बन्ने चुनावी सरकारबारे भएको छलफलमा असंवैधानिक रुपमा न्यायपालिकाका प्रमुखलाई चुनावी सरकारको नेतृत्व दिने षडयन्त्र भइरहेकेा भन्दै त्यसो गरिए देशभर आन्दोलन गर्ने निर्णय गरेका छन् नेकपा-माओवादी सचिव देव गुरुङले प्रधानन्यायाधीश नेतृत्वको चुनावी सरकार कुनै पनि हालतमा स्वीकार्य नहुने बताउनु भयो ।२२ दलले प्रधानन्यायाधीश नेतृत्वको चुनावी सरकारको विरोधमा राष्ट्रपति रामवरण यादवलाई विरोधपत्र बुझाउनेसमेत हाँले बताउनु भयो ।त्यसका लागि २२ दलसँग आन्दोलनको मोर्चा बनाएर अघि बढ्ने समेत हाँले जनकारी दिनु भयो ।प्रधान्यायाधीश नेतृत्वको चुनावी सरकारको नेकपा-माओवादी लगायत चार दल साना १८ दलले छुट्टाछुट्टै संघर्ष गर्दै आएका छन् ।बुधबार बैठकपछि जारी संयुक्त विज्ञप्तीमा भनिएको ,

'वर्तमान राजनीतिक संवैधानिक संकटबाट मुलुकलाई बचाउनका लागि वर्तमान सरकारले पद त्याग गरी दलहरुको सहमतिमा सहमतिको राष्ट्रिय संयुक्त सरकारको गठन गरिनुपर्छ भन्ने कुरा उठिरहेकोमा अन्तरिम संविधान २०६३ ले कुनै परिकल्पना नगरिएको न्यायपालिकाको प्रमुखलाई कार्यपालिकाको पनि प्रमुख बनाउने अन्तरिम संविधानलाई मनोमानी निरंकुश ढंगले संशोधन गर्ने भन्ने तीन दल मधेसी मोर्चाको प्रस्तावप्रति हाम्रो गम्भीर असहमति विरोध संवैधानिक प्रावधान अनुरुप दलहरुको सहमतिका राष्ट्रिय संयूक्त सरकारको गठन गरिनुपर्दछ भन्ने हाम्रो दृढ अडान '

बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन कांग्रेस-एमालेको गठबन्धनमा सहभागी दल पनि सहभागी थिए बैठकमा नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी, राष्ट्रिय पार्टीका नेता लोकेन्द्रबहादुर चन्द, राष्ट्रिय जनशक्ति पार्टीका नेता प्रकाशचन्द्र लोहनी, नेकपा मालेका महासचिव सीपी मैनाली, नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशी, संघीय समाजवादी पार्टीका उपाध्यक्ष हेमराज राईलगायत सहभागी थिए


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top