Hot News
पशुपतिमा १३ लाख भक्तजनले दर्शन गर्ने ; टीका रानाको अगुवाईमा स्काई म्याराथन धाविकाहरु सङ्ग भेटघाट तथा बिदाई कार्यक्रम , ; प्रमुख तीन दल नेपाली कांग्रेस, एमाओवादी र एमालेका शीर्ष नेताबीच बैठक ; राजधानीको सबैभन्दा व्यस्त रहने न्यूरोडमा फिल्मी शैलीमा अपहरण र लुटपाट भएको छ ; स्थानीय तहको निर्वाचन मिति घोषणा फिर्ता लिन सरकारसमक्ष माग गरेका हुन् ।
Home > News > Political

दलहरु दुईपक्षीय छलफलमा

Saturday, 03.09.2013, 10:07am (GMT+6.5)    | Comment | Print | Tell friend

फाल्गुन २६, काठमाडौ

प्रधानन्यायाधीश नेतृत्वमा चुनावी सरकार बनाउन सबै सहमत भए पनि केहि विवादित विषयहरु अगाडि प्याकेजमा सहमति गर्ने विषय अन्तिममा आएर बिग्रेपछि त्यसलाई पुनः सकारात्मक दिशामा ल्याउन दलहरु दुईपक्षीय छलफलमा जुटेका छन् ।आज बिहान एमाआवादी र एमालेका शीर्ष नेताहरुबीच बल्झिएका विषय सल्टाउने विषयमा छलफल भइरहेको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको लाजिम्पाटस्थित निवासमा एमाले अध्यक्ष झलनाथ खनाल पार्टीका वरिष्ठ नेता केपी ओली सहित पुगेका छन् । दुई पक्षीय वार्ताहरुपछि बिहान ११ बजे पुनः चार दलको बैठक बस्ने तयारी छ ।शुक्रबार सबै विषय टुंगिने गरी सकारात्मक प्रतिक्रिया दिए पनि विवाद बल्झिएपछि वार्ता निष्कर्षविहीन हुन पुगेको थियो । एमालेले नागरिकता, मतदाता नामावली र सत्य निरुपण मेलमिलाप आयोग सम्बन्धी अध्यादेशमा राखिने विषयवस्तुमा फरक मत राखेपछि बैठक निष्कर्षविहीन बन्न पुगेको सत्तारुढ दलका नेताहरुले प्रतिक्रिया दिएका थिए ।

 


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top