Hot News
हङकङबासी १३ वर्षिया नेपाली बालिकाद्धारा आत्महत्याको प्रयास ; पत्रकारलाई लक्षित गरी आरआर क्याम्पसमा पेट्रोल बम प्रहार ; लिम्बू गीतको म्युजिक भिडियो छायाङ्कन सम्पन्न ; संखुवासभा हङकङ प्रतिभा पुरस्कार तारा र चन्द्रलाई ; गौतम बुद्धको शहर हङकङमा विमोचित
Home > News > Political

विवाद टुंगिएन बैठक निश्कर्ष विहिन

Friday, 03.08.2013, 10:13pm (GMT+6.5)    | Comment | Print | Tell friend

फाल्गुन २५, काठमाडौ

प्रधानन्याधीशको नेतृत्वको बन्ने अन्तरिम चुनावी मन्त्रि परिषद् गठनका लागि प्याकेज सहमतिलाई अन्तिम सहमतिको लागि भन्दै आज बसेको चार दलको शिर्ष नेताको बैठक अन्तत विना निश्कर्ष टुंगिएको छ । समायोजनमा जाने लडाकुको दर्जा निर्धारण, सत्यनिरुपण तथा मेलमिलाप आयोग गठनका विषयमा दलहरुको कुरा मिल्न नसके पछि झण्डै ४ घण्टा बसेको बैठक निषकर्ष बिहिन भएको हो ।बैठकबाट बाहिंरिदै उपप्रधात तथा गृहमन्त्री बिजयकुमार गच्छदारले विवादित चारै बिषयमा बिवाद बल्झिएपछि भोलि ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए ।दलहरुबीच कुरा नमिलेको सत्य निरुपण तथा बेपत्ता खोनबिन आयोग, नागरिकता, मतदाता परिचय पत्र र समायोजित लडाकुको दर्जा निर्धारणजस्ता कुरामा विवाद बल्झिएको गच्छेदारले जानकारी दिए । बैठकबाट बाहिरिएका अन्य नेताहरुले भने कुनै प्रतिक्रिया दिएनन् ।हिजो बैठक बस्दा दलहरुले आज साँझसम्म अन्तिम सहमति गर्ने भनेका थिए । दलहरुबीच सहमति नहुँदा चुनावी सरकार गठन मिति लम्बिएको छ । बैठकबाट बाहिरिएका अन्य नेताहरुले भने प्रतिक्रिया दिएनन् ।दलहरुबीच अन्तिम सहमतिको लागि आज विवाद समाधान कार्यदलले बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म बैठक बसेर मस्यौदा तयार पारेको थियो । कार्यदलको बैठकपछि बसेको शिर्ष नेताको बैठकलाई बीचमैमा रोकेर दलहरुले आआफ्ना दलका अन्य नेतासँग छलफल गरेका थिए ।


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top