Hot News
सङ्गीतकार दिव्य खालिङको ११ औं स्मृति कार्यक्रम ; ओखलढुंगा एकता सेवा समाज मलेशियाको दोस्रो अधिवेशन सम्पन्न ; साढे ५ वर्षपछि चौध वर्षीया बालिकालाई बलात्कारपछि हत्या गर्ने भारतबाट पक्राउ ; फेसबुक र ट्वीटरबाट समेत निर्वाचनको प्रचार प्रसारमा रोक ; तेल ट्यांकरमा आगलागी हुँदा कम्तीमा १२३ जनाको मृत्यु
Home > News > Political

सहमतिलाई अन्तिम रुप दिने तयारी

Friday, 03.08.2013, 01:18pm (GMT+6.5)    | Comment | Print | Tell friend

फागुन २५, काठमाडौँ

प्रधानन्याधीशको नेतृत्वको बन्ने अन्तरिम चुनावी मन्त्रि परिषद् गठनका लागि प्याकेज सहमतिलाई अन्तिमरुप दिन प्रमुख दलहरुबीच आज छलफल हुदै छ ।समायोजनमा लडाकुको दर्जा बाहेकाको बिषयमा सहमति नजिक पुगेको नेताहरुले बताएका छन् ।मतदाता नामावली, नागरिक्ता, सत्यनिरुपण तथा मेललिलाप आयोग गठन जस्ता विषयमा सहमति जुटेकाले आज दलहरु लडाकुको दर्जाको बारेमा केन्द्रित हुने बुझिएको छ । ११ बजे सेना समायोज विशेष समितिको सचिवालय नयाँ बानेश्वरमा एकिकृत माओवादी, नेपाली कांग्रेस, एमाले र मधेशी मोर्चा बैठक बोलाए पनि केहि नेता नआएकाले बैठक सुरु भएको छैन। मधेशी मोर्चाका नेता सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महत्वले विवादित विषयहरु मिलाएर सरकार गठनको टुंगो लाग्ने बताउनु भयो ।प्रधानन्याधीशलाई चुनावी सरकारको नेतृत्व दिने तयारी दिने विरुद्ध सर्वोच्चमा परेको रिट सुनुवाई चैत १ गते हुने भए पनि दलहरुले यस अघिनै मन्त्रिपरिषद्का लागि गृहकार्य गरेका हुन ।शीर्ष नेताहरुको बैठक बस्नु अघि मिल्न बाँकी बिषयहरुका बारे टुंगो लगाउन दलहरुले आन्तरिक छलफल सुरु गरेका छन् । 


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top