Hot News
बेलायतमा आदिबासी महिलाले मनाए नारी दिवस ; समानुपातिक प्रतिनिधित्वका लागि तीन प्रतिशत 'थ्रेस होल्ड' एक सिट जित्नै पर्ने ; डीआईजीमा चन्दको बढुवा बदर ; कार दुर्घटनामा हङकङबासी विष्णु कुमार लिम्बुको मृत्यु ; युनाइटेड क्लबको ३३ औं अपग्रेडिङ्ग टेष्ट सम्पन्न
Home > News > Political

दलहरुको भोली अन्तिम निर्णय

Thursday, 03.07.2013, 11:30pm (GMT+6.5)    | Comment | Print | Tell friend

फाल्गुन २४, काठमाडौ

प्रधानन्यायाधीश नेतृत्वको चुनावी सरकारको गठनका बारेमा छलफल गर्न बसेको चार दलको बैठक निष्कर्ष बिहिन भएको छ । सेना समायोजन बिशेष समितिको सचिवालय नयाँ बानेश्वरमा करिब ४ घण्टा बसेको ४ दल को बैठकले भोलि दलहरुबीच अन्तिम सहमति गर्ने बताएका छन् ।  बैठकबाट बाहिरिंदै नेपाली काग्रेसका नेता शेरबहादुर देउवाले नेपाली सेनामा समायोजन भएका लडाकुहरुको दर्जा निर्धारण बाहेक अन्य बिषयमा भने सहमति भैसकेको बताउनु भयो ।एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सबै बिषयमा सहमति नजिक भए पनि अन्तिम निर्णय आज नगरिएको बताउनु भयो ।उहाँले भोलि बस्ने शिर्ष नेताको बैठकले सहमतिलाई अन्तिम रुप दिने बताउनु भयो ।यस्तै एमालेका भीम रावलले भने दलहरु सहमतिको अत्यन्त नजिक पुगेको बताउदै भोलि दलका नेताहरुले बिहान ८ देखि १० बजेसम्म कानुनविद् सम्मेलित छलफल गरी ११ बजे शिर्ष नेताहरुको बैठक बसि औपचारिक सहमति गर्ने बताउनु भयो । दलहरुबिच प्रधानन्याधीसलाई प्रधानमन्त्री बनाउन हटाउनु पर्ने, कानुनी जटिलता सहित नागरिक्ता, मतदाता नामावली, सत्यनिरुपण तथा मेलमिलाप आयोग, सेनासमायोजमा लडाकुको दर्जा निर्धारण जस्ता बिषयमा मिलन बाँकि छ ।


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top