Hot News
हङकङ तेह्रथुम मञ्चको १२ औ वार्षिक कार्यक्रम सम्पन्न ; उर्जामन्त्री जनार्दन शर्मा र निर्देशक कुलमान घिसिङ हङकङ आउने ; माओवादी नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनलाई उपचार गर्न बैंकक लगिँदै ; नेपाल च्याम्बर अफ कमर्श हङकङको ९औं वार्षिकोत्सव सम्पन्न ; चित्रकार "दिपेन्द्र राई" को चित्रकला बगैँचा रेस्टुरेन्टमा प्रदर्शनी,
Home > News > Political

प्रधानन्यायाधीशलाई अन्तिम पटक आग्रह गरिने

Sunday, 02.24.2013, 10:08am (GMT+6.5)    | Comment | Print | Tell friend

फाल्गुन १३, काठमाडौं

प्रमुख राजनीतिक दलले आइतबार प्रधानन्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको नेतृत्व गर्न अन्तिम पटक आग्रह गर्ने भएका छन् । उनीहरूले दलहरूबीचको सहमति पत्रसहित रेग्मीसँग छलफल गरी सरकारको नेतृत्व लिने/नलिनेबारे अन्तिम निर्णय लिन लागेका हुन् । शनिबार नयाँ बानेश्वरस्थित सेना समायोजन विशेष समिति कार्यालयमा बसेको प्रमुख चार पक्षको बैठकले चुनावमा जान ढिलाइ गर्न नहुने निष्कर्ष निकाल्दै प्रधानन्यायाधीशलाई अन्तिम निर्णय दिने आग्रह गर्न लागिएको छ ।प्रधानन्यायाधीशको नेतृत्वमा अन्तरिम चुनावी परिषद् गठन गरी जेठभित्र निर्वाचन गराउन एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चा गतसाता सहमत भएका थिए । तर प्रधानन्यायाधीश रेग्मीले संवैधानिक अड्चन, राजनीतिक दल र बाहिरबाट समेत आइरहेका विरोधका कारण जनाउँदै निर्णय लिनु भएको छैन।प्रधानन्यायाधीशले नेतृत्व लिन स्वीकार गरे दुई दिनभित्र सरकार गठन गर्ने दलहरूको तयारी छ । त्यसका लागि कार्यदलले तीन विषयबाहेक सहमति भएका नौ बुँदाको राजनीतिक दस्तावेज हस्ताक्षरका लागि तयार पारेको छ । नयाँ सरकार निर्माणदेखि चुनावमा जान आवश्यक संविधान र कानुन संशोधनका लागि बाधा अड्काउ फुकाउने प्रस्तावसमेत कानुन मन्त्रालयले तयार पारिसकेको स्रोतले बताएको छ । 


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top