Hot News
संविधान संशोधन प्रयास असफल ; आगामी मंसिर १० गते प्रदेश र प्रतिनिधि सभाको चुनाव एकै चरणमा हुने ; अब ट्याक्सीमा बिल प्रिन्टिङ सिस्टम लागु हुने ; हामीलाई दोषी देखाउन संशोधन प्रस्ताव ल्याइयो। ; पत्रकार महासङ्घको नेतृत्व चयन आज, बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने
Home > News > Political

प्रधानन्यायाधीशलाई निशःर्त नेतृत्व दिनु पर्छ : कमल थापा

Thursday, 02.21.2013, 10:23pm (GMT+6.5)    | Comment | Print | Tell friend

फाल्गुन १०, काठमाडौं

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जेठ मसान्तसम्ममा निर्वाचन सम्पन्न गराउन प्रधानन्यायाधीशलाई निशःर्त नेतृत्व दिनु पर्ने बताउनु भएको छ । आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उहाँले सर्त राखेर जेठमा निर्वाचन हुनै नसक्ने ठोकुवा गर्दै तीन महिनाभित्र निर्वाचन गर्ने गरी कुनै पनि सर्त नराखी प्रधानन्यायाधीशको नेतृत्वमा निर्वाचन गराउनु पर्ने बताउनु भएको छ ।उहाँले भन्नु भयो- भेन्टिलेटरमा रहेको बिरामीलाई बचाउने विकल्प हुन्छ र जसरी बाँच्छ त्यही उपाय अपनाउनु पर्छ। अहिले मुलुकको अवस्था पनि त्यस्तै छ। मुलुकमा ब्यवस्थापिका नभएको, कार्यपालिका पनि कामचलाउ मात्रै भएको अवस्थामा शक्ति पृथकीकरणको कुनै हैसियत नभएको दावी गर्दै थापाले निर्वाचनपछि आफै शक्ति पृथकीकरण कार्यान्वयन हुने भएकोले निर्वाचनमा जान विलम्ब नगर्न सुझाव दिनु भयो।साथै उहाँले राष्ट्रपतिले आफ्नो कार्यालय शितल निवासलाई समेत चार दलीय सिण्डिकेटको कार्यालय बनाएको समेत आरोप लगाउनु भयो । एक दर्जन असक्षम नेताहरुको नेता बनेर उनीहरुसँग छलफल गरेर निकास हुँदैन,’ उहाँले भन्नु भयो, ‘राष्ट्रपतिले विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलसँगको छलफलबाट निकास खोज्नु पर्छ ।


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top