Hot News
किरात राईहरुको देउसी भैलोलाई ८ नं. ताइफुनले पनि रोक्न सकेन ; एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयी ; विजयकुमार गच्छदारले गरे नेपाली कांग्रेससँग एकता ; मेलबर्नमा लक्ष्मी जयन्तीमा "पर्खिरहेको घर" बिमोचन ; कांग्रेस र नयाँशक्तिबीच चुनावी तालमेल गर्ने सहमति
Home > News > Political

बल्ल बन्यो सहमति

Sunday, 02.17.2013, 12:09am (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौ, फाल्गुन ५

प्रमुख चार दलबीच प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउने सहमति भएको छ ।राष्ट्रपति डा. रामवरण यादवको उपस्थितिमा शनिबार साँझ बसेको प्रमुख चार दलको बैठकले प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार बनाउने सहमति भएको हो ।सरकारको भाबि स्वरुप, मोडल र बाधा अड्काउ फुकाउने विषयमा तयारी गर्न चारै पक्ष सम्मिलित कार्यदल बनेको छ ।कार्यदलमा एमाओवादीका कृष्णबहादुर महरा र खिमलाल देवकोटा, कांग्रेसका विमलेन्द्र निधि र मिनेन्द्र रिजाल, एमालेबाट भीम रावल र अग्नि खरेल तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका तर्फबाट हृदयेष त्रिपाठी र जितेन्द्र देव सदस्य छन् ।कार्यदलको सुझावका आधारमा आइतबार दिउँसो २ बजे बस्ने शीर्ष नेताहरुको बैठकले अन्तिम टुंगो लगाउनेछ ।बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष एवं प्रधानमन्त्री बाबुराम भट्टराई, कांग्रेस सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला, एमाले अध्यक्ष झलनाथ खनाल, मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदार, महन्थ ठाकुरलगायत सहभागी थिए । 


Bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top