Hot News
चिकित्सा शिक्षा अध्यादेश पारित ; ल्याउन सकेन सरकारले चिकित्सा शिक्षा विधेयक ; गृहसचिवमा लोकदर्शन रेग्मी तथा प्राधिकरण सीईओमा युवराज भुषाल नियुक्त ; यस्ता छन कांग्रेस र एमाले ले टुंगो लगाएको उम्मेदवारहरू ; उम्मेदवारको मनोनयन दर्ता आज
Home > News > Political

निर्णयविहीन बैठक

Friday, 02.15.2013, 10:21pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौ, फाल्गुन ४

नयाँ चुनावी सरकार गठनका विषयमा राष्ट्रपति निवास शितल निवसमा शुक्रबार बसेको चार दलको बैठक निर्णयविहीन भएको छ । एमाले निर्णयमा नपुगेका कारण आज टुंगोमा पुग्न नसकिएको बैठकबाट बाहिरिएका कांग्रेस उपसभापति रामचन्द्र पौडेलले बताउनु भयो । प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउने विषयमा औपचारिक निर्णय लिन बसेको एमाले केन्द्रीय समिति बैठक भोलिसम्मका लागि लम्बिएपछि सहमतिमा ढिलाई भएको हो ।'प्रधानन्यायाधीशको नेतृत्वमा जाने विषयमा लगभग सहमति भएको छ,' उपप्रधान एंव गृहमन्त्री विजय गच्छदारले भने 'एमालेको निर्णय आएपछि भोलि टुंगिन्छ ।' दलहरुबीच कुन मोडालिटीबाट जाने विषयमा छलफल चलिरहेको उहाँले बताउनु भयो। भोलि(शनिबार) ३ बजे राष्ट्रपति निवासमा फेरि बैठक बोलाइएको छ ।

 


Bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top