Hot News
बेलायतमा आदिबासी महिलाले मनाए नारी दिवस ; समानुपातिक प्रतिनिधित्वका लागि तीन प्रतिशत 'थ्रेस होल्ड' एक सिट जित्नै पर्ने ; डीआईजीमा चन्दको बढुवा बदर ; कार दुर्घटनामा हङकङबासी विष्णु कुमार लिम्बुको मृत्यु ; युनाइटेड क्लबको ३३ औं अपग्रेडिङ्ग टेष्ट सम्पन्न
Home > News > Political

जसरी पनि सहमति हुन्छ: दाहाल

Tuesday, 02.12.2013, 07:03pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौं, फाल्गुन १

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक अवरोधका लागि आज नभए भोलि बिहान हुन्छ, नभए भोलि बेलुकासम्म सहमति हुने बताउनु भएको छ । राजधानीको खुल्ला मञ्चमा पार्टीद्वारा आयोजित १८ औं जनयुद्ध दिवसलाई सम्बोधन गर्दै प्रचण्डले सहमतिका बारेमा भन्नु भयो ‘हिजो राष्ट्रपतिसमक्ष छलफल हुँदा एमाले कांग्रेसका साथीहरुले भोलि सहमतिमा पुगिन्छ भन्नुभएको छ, शायद आजै सहमति हुन्छ । साथै प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने तयारीको विरोध भएकोमा असन्तुष्टि जनाउनु भयो । उहाँले ग्रीस, वंगलादेशलगायतका देशमा पनि प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाउने अभ्यास भएको उल्लेख गर्दै उनले अर्को विकल्प नभएको बताए । 'त्यो पनि नमान्ने हो भने योभन्दा हास्यास्पद केही हुँदैन,' उहाँको भनाई थियो ।दिउँसै रात पार्ने गरी विद्धान वकिलहरुले वक्तव्य निकाल्नुभएको छ, संविधानले लेखेको यो कुरामा किन वकिलहरुको आँखा नपुगेको होला ?’- प्रचण्डले प्रश्न गर्नुभयो ।बहालवाला प्रधानन्यायधीशलाई कुनै पनि पदमा जिम्मेवारी दिनु संविधानसम्मत नभएको भन्दै सोमबार नेपाल बार एसोसिएसनका पदाधिकारी प्रेस वक्तव्य जारी गर्नुका साथै साष्ट्रपतिलाई भेटेर ध्यानाकर्षण गराएका थिए । वकिलहरुको यो कदमको विरोधमा प्रचण्डका साथै प्रधानमन्त्री डा. बाबुराम भट्टराईले समेत खुल्लामञ्चबाट टिप्पणी गर्नुभएको छ । यस्तै एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले मार्क्सवाद धर्मशास्त्र नभएको समेत उल्लेख गर्नु भयो।'मार्क्सवादलाई धर्मशास्त्रको रुपमा हेर्ने कुराको हामी विरोधी हौं', नेकपा माओवादीले जनयुद्ध सुरुवात गर्नुअघि कम्युनिष्टहरुबीच भएको एकीकरणलाई 'दक्षिणपन्थीहरुको एकीकरण' भनेको स्मरण गर्दै उहाँले अहिले पनि कसै कसैले आफूहरुलाई संशोधनवादी भनिरहेको उहाँको भनाई थियो। 'आज तिनीहरुको हैसियत अमेरिका र युरोपमा के छ ?' आफूहरुले नेपाली माटो सुहाउँदो माक्सर्वाद,लेनिनवाद र माओवाद अपनाएको बताउनु भयो।पार्टी फुटाउने मोहन वैद्यको नाम नलिइ उहाँले मार्क्सवाद पुस्तकमा मात्र पढ्ने नभइ जीवनमा उतार्नुपर्ने उल्लेख गर्नु भयो ।


Bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top