Hot News
हङकङको ताईमोसानमा साकेला सोईढोले सोई, ; "मुए थाई बक्सर मिलनले बिपक्षीलाई नकआउट गरे ; "मुए थाई बक्सर मिलनले बिपक्षीलाई नकआउट गरे ; किरातीहरूले कतारमा उभौली पर्व भव्यताका साथ मनाए ; एशियन च्याम्पियनसिपका लागि नेपाली जुडो टिम हङकङ आउने,
Home > News > Political

राजीनामा नदिई चुनावी सरकार नहुने

Tuesday, 02.12.2013, 07:00pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौं, फाल्गुन १

कांग्रेस केन्द्रीय समितिको मंगलबार बसेको आकस्मिक बैठकमा अधिकांश केन्द्रीय सदस्यले प्रधानमन्त्रीले राजीनामा नदिई प्रधानन्यायाधीशलाई चुनावी सरकारको नेतृत्व बनाउने नहुने दबाव दिएका छन् । बाहालवाला प्रधानन्यायधिशलाई सरकारको नेतृत्व दिदा स्वतन्त्र न्यायपालिका नरहने बताउँदै यस्तो निर्णय शक्तिको पृथकीकरण, संविधानवादको पनि बिरुद्ध हुने बताएका छन् । कांग्रेस केन्द्रीय सदस्य ज्ञानेन्द्रवहादुर कार्कीका अनुसार बोल्ने अधिकांश सदस्यहरुले पहिलो प्राथमिकता राजनीतिक दलकै नेतृत्वमा सहमतीय सरकार बनाउनु पर्ने र त्यसमा स्विकार्य नभएर प्रधानन्यायधिशमानै जाने हो भने राजीनामा दिनुपर्ने धारणा आएको बताए । राजीनामा नदिई प्रधानन्यायधिशलाई चुनावी सरकारको नेतृत्वमा लैजादा सरकारका गलत निर्णयबाट समेत न्यायलय प्रभावित हुने बताउदै यो लोकतन्त्रको मर्म र भावना विपरित हुने शेखर कोइरालाले बताउनु भयो । 'शक्तिको पृथकीकरण लोकतन्त्रको मर्म हो' उहाले भने,'व्यवस्थापिका नभएको अवस्थामा कार्यकारणी अधिकार र न्यायपालिका समेत एउटै व्यक्तीको हातमा हुदा लोकतन्त्रको मर्मनै रहदैन,केन्द्रीय समितिमा पनि सवैजसोले राजीनामा नदिई स्विकार्न हुन्न भन्ने छ । यस्तो गलत काममा सहमती जनाउन हुदैन ।'बैठकमा केही केन्द्रीय सदस्यहरुले प्रधानन्यायधिशमा सहमती जनाउने हो भने सभापति सुशील कोइरालाको उम्मेदवार फिर्ता लिनुपर्ने बताएका थिए । कतिपयले राजनीतिक विश्लेषणनै नगरी सुशिल कोइरालालाई 'पग्गु' बनाउनका लागि उम्मेदवार तय गर्न हतार गरिएको भन्दै बार्तामा बस्ने नेताहरुको आलोचना गरेका थिए । यस्तै नेकपा एमालेले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने एमाओवादीको प्रस्ताव अस्वीकार गरेको छ


Bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top