Hot News
हङकङका पूर्व कार्यकारी प्रमुख डोनाल्ड चाङ जेल चलान ; तराईका जिल्लामा मसाल जुलुस प्रदर्शन बामदेव गौतम घर घेराउ ; सर्वपक्षीय सरकार आवश्यक छ :नयाँ शक्ति नेपाल ; कञ्चना सुनुवार स्मृति सभा सम्पन्न ; राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा विजयी
Home > News > Political

चुनावी सरकार बनाउन विपक्षीको तीन प्रस्ताब

Tuesday, 02.12.2013, 08:26am (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौं, फागुन १

राजनीतिक गतिरोध अन्त्यका लागि हिजो शीतल निवासमा डा. राष्ट्रपति रामवरण यादवको उपस्थितिमा बसेको बैठकमा विपक्षी दलले राखेका प्रस्तावबारे छलफल भए पनि सहमति भने हुन सकेन । ५ बजे बस्ने भनिएको छलफल मन्त्रीपरिषदको बैठकको कारण ७ बजे सुरु भएको थियो । प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा सरकार बनाउन एमाओवादीले विकल्प अघि सारेकको बेला विपक्षी कांग्रेस-एमालेले तीन प्रस्ताव अघि सारेका छन् ।बैठकमा सहभागी एक नेताका अनुसार विपक्षी दलले सकभर राजनीतिक दलबाटै प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका छन् । स्वतन्त्र व्यक्तिबाट प्रधानमन्त्री बनाउने भए दमननाथ ढुंगानालाई बनाउनुपर्ने दोस्रो प्रस्ताव विपक्षीको छ भने तेस्रो प्रस्ताव न्यायाधीशबाट बनाउँदा पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा हुनुपर्ने छ ।  प्रधानन्यायाधीश रेग्मीकै नाममा सहमति जुटाउने भए पहिले राजीनामा दिनुपर्ने सर्त विपक्षी दलको छ ।

बैठक पछि एनेकपा(माओवादी) अध्यक्ष पुष्पकमल दाहाल सबै विषयहरूमा सघन छलफल भयो, भोलि पुनः ५ बजे सबै पक्ष बसेर निष्कर्ष निकाल्ने बताउनु भयो ।प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय सहमतिको सरकार प्रधानन्यायाधीश, पूर्व प्रधानन्यायाधीश, स्वतन्त्र व्यक्तिलगायत सबै विषयमा कुराकानी भएको छ। दलहरूका बीच आन्तरिक, दुई पक्षीय र बहुपक्षीय छलफल गरेर एउटै प्रस्ताव बनाउने विषयमा कुराकानी भएको छ र छलफल सकारात्मक रहेको छ। सबै विकल्पमा विषयमा सघन छलफल भइरहेको र कुनै पनि निकास ननिस्केकाले अहिल्यै यही भयो भन्न सकिन्न।नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले सहमतिका सबै विकल्पमा छलफल भयो। राजनीतिक व्यक्ति, प्रधानन्यायाधीश, स्वतन्त्र व्यक्ति, पूर्व प्रधान्यायाधीश कसको नेतृत्वमा सहमति हुन्छ, त्यही विकल्प खोज्ने विषयमा छलफल भएको र थप छलफल गर्नुपर्ने भएकाले आज निष्कर्ष निस्केन।पार्टीको आन्तरिक छलफल र दलका बीच बहुपक्षीय छलफल गरेर भोलि ४ बजे चार दलबीच पुनः छलफल गर्ने र ५ बजे राष्ट्रपतिसँग छलफल गर्ने निर्णय भएको छ।यस्तै नेकपा(एमाले)का अध्यक्ष झलनाथ खनालले दलहरू देशलाई निकास दिनुपर्दछ भन्नेमा एकमत रहेको र सोही दिशामा छलफल केन्द्रीत रहेको छ। प्रधानन्यायाधीश, पूर्व प्रधानन्यायाधीश, स्वतन्त्र व्यक्ति, राजनीतिक व्यक्ति सबै विषयमा कुराकानी भयो, तर अहिले नै यही विषय हो भन्नेमा कुनै निष्कर्ष ननिस्केको कारण यही हो भन्ने अवस्था रहेन, सकेसम्म भोलि निकास दिने भन्ने ढङ्गले छलफल भएको छ।

 


Bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top