Hot News
नेपाली जुडोका स्टार खेलाडीहरु एशियन च्याम्पियनसिपका लागि हङकङ आईपुगे, ; राष्ट्रिय जनता पार्टी नेपालको माग सम्बोधन गर्न मधेसमा २२ वटा स्थानीय तहको संख्या बढाउने निर्णय ; नेपाल भलिबल संघले ‘भलिबल’ लाई राष्ट्रिय खेल बनाउने ; ३ महानगर र एक उपमहानगरमा यस्तो छ पछिल्लो अवस्था ; ललितपुर महानगर मेयरमा कांग्रेस विजयी
Home > News > Political

आन्दोलनकै बलमा सरकार हटाउने नौदको उद्घोष

Friday, 02.08.2013, 10:18pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौ, माघ २६

सरकारविरुद्ध संघर्ष गर्दै आएका विपक्षी ९ दलले शुक्रबार राजधानीमा शक्ति प्रदर्शन गरेका छन् । तीन साता लामो आन्दोलनपछि खुलामञ्चमा भएको जनसभामा विपक्षी दलका नेताहरुले आन्दोलनकै बलमा सरकार हटाउने बताएका छन् ।जनसभामा कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनालसहित नौ वटै दलका शीर्ष नेताहरुले सम्बोधन गर्नु भएको थियो । जनसभामा एमाले नेता केपी ओलीले यो सरकारको बैधानिकता सकिएपछि अझैं २०-३० बर्ष सरकारमा बस्नुपर्छ प्रधानमन्त्रीको अभिव्यक्तिले यसलाई नकचरो बनाएको उहाँको भनाई थियो  । साथै उहाँले सरकार कुहिएर गन्हाएको व्यंग्य गर्दै माओवादीले राज्यशक्तिको दुरुपयोग गरेको समेत आरोप लगाउनु भयो ।कांग्रेस उपसभापति रामचन्द्र पौडेलले राजनीतिक दललाई निषेध गरेर सहमति नबन्ने बताउनु भयो । उहाँले सहमति नभई निर्वाचन र संबैधानिक निकास ननिस्कने दाबी गर्नु भयो । यस्तै एमाले महासचिव ईश्वर पोखरेलले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउने प्रस्ताव गरेर नौटंकी गरेको बताउनु भयो ।राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमाओवादीलाई सत्ताबाट हटाउनुको विकल्प नभएको बताएका छन् । उनले यो सरकारको पालामा देशको राष्ट्रियता सबैभन्दा कमजोर भएको आरोप लगाउनु भयो ।कांग्रेस नेता शेरबहादुर देउवाले प्रधानमन्त्री बाबुराम भट्टराई निकास र सहमतिको बाधक भएको बताउनु भयो । बिरोधी सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री कानुन लागू गर्न नखोज्ने व्यक्ति भएकाले देश दण्डहीनतातर्फ उन्मुख भएको आरोप लगाउनु भयो । उनले पुष्पकमल दाहालले प्रधानन्याधीशको नेतृत्वमा चुनावी सरकार बनाउने प्रस्ताव न्यायलयमा हस्तपक्षेप गर्ने रणनीति भएको उहाँको भनाई थियो। सभाअघि राजधानीका विभिन्न ठाउँबाट जुलुस निकालिएको थियो । दैलेखबाट सरकार बिरोधी आन्दोलन थालेका बिपक्षीहरुको यो पहिलो चरणको अन्तिम सभा हो । सहमति नभए २९ गते अर्को चरणको आन्दोलन घोषणा गर्ने विपक्षीहरुले निर्णय गरिसकेका छन् ।


Bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top