Hot News
सिन्धुलीगढीसम्म साइकल यात्रा ; फास्टफुड एसाेसिएसन नेपालको १३औं वार्षिक धारणसभा सम्पन्न । ; सुस्त गतिमा मतगणना एक मात्र महानगर वीरगञ्जमा राजपाको अग्रता ; प्रधानमन्त्री देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन अमेरिकामा ; सुम्निमा कलेक्सनले दोस्रो बिक्रिकेन्द्र उदघाटन गरे ।
Home > News > Political

राष्ट्रपतिलाई समय थपकालागि आग्रह गर्ने

Thursday, 12.06.2012, 10:06pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौं, मंसिर २१

राष्ट्रिय सहमतिको सरकार गठनका लागि  राष्ट्रपति डा. रामवरण यादवले दोस्रो पटक दिएको समयमा सहमति हुन नसके पछि दलहरुले फेरी पनि समय थपकालागि आग्रह गर्ने भएका छन् । गत मंसिर ८ गते राष्ट्रपतिले दिएको पहिलो समयसीमा ब्यर्थमा गुजारेका उनीहरुले गत बिहिवार राती पुन: ७ दिनको समय पाएका थिए । गत बिहिवार समय थप्न आग्रह गर्दै शितल निवास पुगेका नेताहरुले सहमती जुटाउने प्रतिबद्धता ब्यक्त गरेपनि पछिल्लो ७ दिनमा समेत कुनै प्रगति हुन भने सकेन ।कांग्रेसले भावी प्रधानमन्त्रीका लागि उमद्वार तय गर्न नसक्दा सहमती जुट्न नसकेको एकीकृत माओवादीले आरोप लगाउदै आएको थियो कांग्रेसले भावी प्रधानमन्त्रीको नाम दिए पनि हिजो र आजको बैठकमा कुनै सहमती हुन सकेन ।राजधानीको नयाँबानेश्वरस्थित संविधानसभा भवनमा आज अपरान्ह बसेको बैठकमा समेत दलहरुले पुरानै अडान दाहोर्‍याएका थिए । एकीकृत माओवादीले कुरा फेरेको भन्दै निक्कै आक्रामक रुपमा बैठकमा प्रस्तुत भएका बिपक्षी दलहरुले आन्दोलन नै बर्तमान सरकारलाई बिस्थापन गर्ने उत्तम बिकल्प भएको प्रतिक्रिया दिएका छन् । बैठकपछि सञ्चारकर्मीसँग एमाले उपाध्यक्ष बामदेव गौतमले सरकार बिरुद्धको आन्दोलनलाई निरन्तारता दिने बताउनुभयो । संविधानका अन्तरबस्तुमा सहमती जनाए कंग्रेस सभापति सुशील कोईरालालाई भावी प्रधानमन्त्री स्विकार्ने बताउदै आएको एकीकृत माओवादीलाई कंग्रेसएमालेले अन्तरबस्तुमा सहमती खोज्ने हो भने संविधानसभाको नयाँ निर्वाचनको औचित्य माथि प्रश्न गरेको सहभागी एक नेताले जानकारी दिए । प्रमुख ३ दल र मधेशी मोर्चाबीच आज भएको बैठकमा कुनै प्रगति नभएको जानकारी दिदै एकीकृत माओवादी प्रवक्ता अग्नी सापकोटाले ७ दिनको समय थप्न राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

 


Bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top