Hot News
यस वर्षको 'राष्ट्रिय स्रष्टा सम्मान २०७३’ बरिष्ठ गीतकार राजेन्द्र थापालार्इ ; हङकङमा निशुल्क स्वस्थ शिबिर मार्फत नेपालका बाढी पिडितलाई सहयोग जुटाउने ; नयाँ शक्ति ध्रुवीकरणमा देवेन्द्र पौडेलले पनि छाडे बाबुरामको साथ ; क्यान्सर रोगी सिपाहीलाई संखुवासभा समाज हङकङद्धारा सहयोग ; ललितपुर चुम्लुङद्धारा याःलाङ प्रशिक्षण
Home > News > Political

कोइरालाद्घारा दहाललाई सहयोग गर्न आग्रह

Tuesday, 11.27.2012, 10:41pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौ, मंसिर १२

राष्ट्रपति डा. रामवरण यादवले सहमतीय सरकार निर्माणका लागि दलहरुलाई आह्‍वान गरेपछि नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनका लागि पहल गरेको छ ।कांग्रेस सभापति सुशील कोइरालाले आफ्नो पार्टीको पक्षमा समर्थन र सहयोगका निरन्तर राजनीतिक भेटघाटलाई तीब्रता दिनु भएको छ । आज साँझ उहाँले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर सहयोगको लागि आग्रह गर्नु भएको छ । दाहाल  निवास लाजिम्पाट पुगेका कोइरालाले भेटपछि सञ्चारकर्मीसंग भन्नु भयो 'सहयोगका लागि मैले आफ्नो पार्टीको तर्फबाट प्रस्ताव गरेको छु ।' प्रत्युत्तरमा दाहालले आफ्नो पार्टीमा छलफल गरेर प्रतिक्रिया दिने भनेको कोइरालाले बताउनु भयो ।कोइरालाले आजै अन्य दलका नेताहरुलाई भेटी सहयोगका लागि आग्रह गर्नु भएको बुझिएको छ । विपक्षी गठबन्धनले कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार मान्न तयार भएपनि सत्तारुढ गठबन्धनले भने त्यसलाई स्विकार गरिसकेको छैन । एमाओवादीले बाबुराम भट्टराईकै सरकारलाई राष्ट्रिय स्वरुप दिने, नसके विकल्पमा सत्तारुढ गठबन्धन भित्रैबाट प्रधानमन्त्री हुनुपर्ने प्रस्ताव गरेको छ । राष्ट्रपति यादवले सहमतीय सरकार निर्माणका लागि दलहरुलाई दिएको ७ दिनको समय सीमा बिहीबार अपरान्ह ४ बजे सकिदैंछ ।


Bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top