Hot News
किरात राईहरुको देउसी भैलोलाई ८ नं. ताइफुनले पनि रोक्न सकेन ; एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयी ; विजयकुमार गच्छदारले गरे नेपाली कांग्रेससँग एकता ; मेलबर्नमा लक्ष्मी जयन्तीमा "पर्खिरहेको घर" बिमोचन ; कांग्रेस र नयाँशक्तिबीच चुनावी तालमेल गर्ने सहमति
Home > News > Political

एमाले र नेकापा माओबादीले गरे निर्णय

Tuesday, 11.27.2012, 10:40pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौ, मंसिर १२

एमालेले नयाँ सहमतीय सरकारमा सत्तारूढ गठबन्धनभित्रकै नेतृत्व नस्वीकार्ने भएको छ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईको बहिर्गमनपछि पनि सत्तारूढ गठबन्धनकै नेतृत्व हुनुपर्ने दाबी आइरहेका बेला एमाले त्यसको विपक्षमा उभिएको हो । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सोमबार संघीय लोकतान्त्रिक गठबन्धन भित्रबाटै नेतृत्व हुनुपर्ने प्रस्ताव अघि सारेका थिए । पोलिटब्युरोको जारी बैठकमा अधिकांश नेताहरूले गठबन्धनभित्रको नेतृत्व हुन नहुने धारणा राखेका छन् । एमालेले सहमतिको सरकारको नेतृत्वका लागि कांग्रेसलाई जोड दिइरहेको छ । यता माओवादीले भने वर्तमान प्रधानमन्त्रीकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा आज बसेको पार्टी पदाधिकारी तथा व्यूरो इन्चार्जहरूको बैठकले वर्तमान प्रधानमन्त्रीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुन नसकेमा भने सत्ता गठबन्धनभित्रैका जुनसुकै व्यक्तिलाई पनि अगाडि सार्न सकिने निष्कर्ष निकालेको छ।


Bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top