Hot News
संविधान संशोधन प्रयास असफल ; आगामी मंसिर १० गते प्रदेश र प्रतिनिधि सभाको चुनाव एकै चरणमा हुने ; अब ट्याक्सीमा बिल प्रिन्टिङ सिस्टम लागु हुने ; हामीलाई दोषी देखाउन संशोधन प्रस्ताव ल्याइयो। ; पत्रकार महासङ्घको नेतृत्व चयन आज, बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने
Home > News > Political

विपक्षी गठबन्धनद्वारा आन्दोलन स्थगित

Sunday, 11.25.2012, 10:20pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौ, मंसिर १०

विपक्षी गठबन्धनले राष्ट्रपति सहमतीय सरकार निर्माणका लागि राष्ट्रपतिले गरेको आह्‌वानलाई सकारात्मक भन्दै त्यो संविधानसम्मत भएको बताएका छन् विपक्षीले उक्त कदमलाई स्वागत गर्दै मसिंर १५ र १६ गतेका लागि तय गरिएको आन्दोलनका कार्यक्रम समेत स्थगित समेत गरेको छ । आइतबार बल्खु स्थित एमाले मुख्यालयमा बसेको बैठकले राष्ट्रपतिको आह्‌वानलाई सकारात्मक रुपमा लिएर सहमतिका लागि अग्रसर हुन एमाओवादी र मधेसी मोर्चा लगायतका दललाई आग्रह समेत गरेको छ । 'राष्ट्रपतिज्यूको आह्वानलाई गलत ढंगले व्याख्या र विरोध गर्दै सरकारको आयु लम्ब्याउन खोज्नु अनुचित र आलोकतान्त्रिक कार्य हो', बैठकपछि १६ दलद्वारा जारी विज्ञप्तीम भनिएको छ । राष्ट्रपतिको उक्त कदमले दलहरुलाई निश्चित समयभित्र सहमति कायम गर्दै सहमतीय सरकार गठन गरी समस्या समाधानका लागि प्रेरित गर्ने विज्ञप्तीम दावी गरिएको छ ।


Bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top