Hot News
उर्जामन्त्री जनार्दन शर्मा र निर्देशक कुलमान घिसिङ हङकङ आउने ; माओवादी नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनलाई उपचार गर्न बैंकक लगिँदै ; नेपाल च्याम्बर अफ कमर्श हङकङको ९औं वार्षिकोत्सव सम्पन्न ; चित्रकार "दिपेन्द्र राई" को चित्रकला बगैँचा रेस्टुरेन्टमा प्रदर्शनी, ; गायक दीपक लिम्बूको सोलो एल्वम 'श्रेय' सार्वजनिक
Home > News > Political

डिफेण्डिङ्ग च्याम्पियन रहेको नेपाल पुलिस संकटा क्लबसंग पराजित

Saturday, 11.24.2012, 09:13pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौं, मंसिर ९

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा डिफेण्डिङ्ग च्याम्पियन रहेको नेपाल पुलिस संकटा क्लबसंग पराजित भएको छ । उद्घाटन खेलमा मध्यपुर युथ एसोसियसनसंग बराबरीमा रोकिएको पुलिसलाई दशरथ रंगशालामा आज भएको खेलमा संकटा क्लबले २/० ले पराजित गरेको हो । संकटाको जीतमा रितेस खड्काले र एकजन तुलाधरले गोल गरे । शुरुवाती १० मिनेटपछि जुमानु राई र सुरज विक बल रोक्ने क्रममा आपसमा ठोक्किएर घाइते भएपछि पुलिस दवावमा परेको थियो । आफ्ना महत्वपुर्ण २ खेलाडीको अभावमा पुलिसले खेलको बाँकी समय कुनै प्रभाव जमाउन सके । यसअघि आजै भएको खेलमा मच्छिन्द्र क्लब नवप्रवेशी मध्यपुरसंग बराबरी भएको छ  । दशरथ रंगशालामा भएको खेलमा पाएमा सिमित अवसर सदुपयोग गर्न नसक्दा मच्छिन्द्र अंक बाँड्न बाध्य भयो । सफल पोखरा कपको उपविजेता मच्छिन्द्रलाई मध्यपुरले कडा चुनौती दिएको थियो । मध्यपुरले पनि गोलका केहि अवसर खेर फाल्यो । मच्छिन्द्रले आफ्नो पहिलो खेलमा जावलाखेल युथमाथि ५/१ को जीत हात पारेको थियो । भोली मनाङ मस्र्याङ्दी र सरस्वती तथा जावलाखेल युथ र सशस्त्र प्रहरी बलबीच प्रतिस्पर्धा हुनेछ ।


Bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top