राष्ट्रपतिलेको कदम असंवैधानिक कदम हो : नेकपा माओवादी

Saturday, 11.24.2012, 09:12pm (GMT6.5)

काठमाडौं, मंसिर ९

सहमतीय सरकार बनाउन राष्ट्रपतिले तोकेको समयसीमा एकीकृत नेकपा माओवादीले असंवैधानिक कदमभएको ठहर गरेको छ । साँझ पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा बसेको बैठकले राष्ट्रपतिको कदमविरुद्ध आवश्इक परे संघर्ष गर्ने निर्णय गरेको नेता वर्षमान पुनले जानकारी दिनु भएको छ । राष्ट्रपतिले आफ्नो उद्देश्य दलहरुबीच सहमति होस् भन्ने रहेको बताएपछि पत्रमा संविधानको गम्भीर उल्लंघन भएको भन्दै माओवादीले त्यसलाई नसच्याए आन्दोलन गर्ने निर्णय गरेको हो।दलहरुबीच छलफल भैरेको बेला राष्ट्रपतिको  यस्तो कदम पूर्ण रुपले असंवैधानिक रहेको अग्नि साप्कोटाले बताउनु भयो । उहाँले कार्यकारी अधिकार लिने मनशाय छैन भनेपनि बक्तव्यले ज्ञानेन्द्रको बाटो लिन खोजेको देखिन्छ उहाँले त्यसलाई सच्याउनु पर्छ । हैन भने आन्दोलनमा जान्छौं ।दिउँसो शितल निवासमा भएको राष्ट्रपति र प्रचण्डको भेटमा राष्ट्रपतिले कार्यकारी अधिकार लिने कुनै आशय नभएको भन्दै गलत रुपमा नबुझ्न प्रचण्डलाई आग्रह गर्नु भएको थियो ।बसेको बैठकले राष्ट्रपतिले कार्यकारी अधिकार लिने मनशाय छैनभनेपनि वक्तव्यमा उल्लेख गरिएको अन्तरिम संविधानको धारा र प्रधानमन्त्रीलाई बासपास गरी मूख्य सचिवलाई पत्र लेख्नुले गम्भीर आशंका पैदा गरेको ठहर गरेको छ ।विगतमा असंवैधानिक कदमहरु चाल्दा नरम र उदार रवैया अपनाएकै कारण राष्ट्रपतिले फेरि असंवैधानिक कदम चालेको हुन सक्ने भएकाले पनि जनतामा जानु पर्ने माओवादी निष्कर्ष छ ।

Bagaicha.com

© Copyright 2008. www.bagaicha.com, All Rights Reserved.