Hot News
राष्ट्रपतिद्वारा सेना परिचालन गर्न स्वीकृति ; गायक/गीतकार/संगीतकार/सन्तोस आङदेम्बे मोडलीङ तिर ; नेपाली सिने जगतका वरिष्ठ कलाकार दिपक क्षेत्रीको स्वास्थ उपचार सहयोग रकम हस्तान्तरण । ; स्पारिङ तथा पुम्से च्याम्पियनसिपमा युनाइटेड क्लबलाई १४ गोल्ड मेडल ; विनासकारी भुकम्प गएको आज दुई वर्ष पुरा
Home > News > Political

देशै ठप्प पारेर सरकारलाई घुँडा टेकाइन्छ : एमाले अध्यक्ष खनाल

Friday, 11.23.2012, 09:07pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौं, मंसिर ८

प्रधानमन्त्रीले राजीनामा दिन तयार छु भन्ने तर राजीनामा नदिइ जनतालाई झुक्याउन खोजेको प्रतिपक्षी दलहरुले आरोप लगाएका छन्। सरकारविरुद्ध आन्दोलनरत १५ दलको उपत्यकास्तरीय सर्वदलीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले वर्तमान सरकार सर्वसत्तावादको दिशातिर अग्रसर भई अन्तरिम संविधानलाई रद्दीको टोकरीमा फालेको जिकिर गरे । सभापति कोइरालाले वर्तमान सरकारको बहिर्गमनबिना चुनाव सम्भव नभएको बताए ।उनले भने, 'सात-आठ दिनभित्र सहमति नभए वैशाखमा चुनाव गर्न सकिँदैन, वर्तमान सरकारविरुद्ध हामी आन्दोलनमा प्रवेश गरिसकेका छौँ। हाम्रो आन्दोलन सफल भइछाड्नेछ, ढुक्क हुनुहोस्।'नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले एमाओवादीको सर्वसत्तावाद र सत्तालिप्साका कारण मुलुकले राजनीतिक समाधान पाउन नसकेको बताए ।उनले देशै ठप्प पारेर वर्तमान सरकारलाई घुँडा टेकाउने स्थितिमा पुर्याइने चेतावनी दिए ।खनालले भने, 'सर्वसत्तावाद टिकाउन खोजे जनआन्दोलनको अर्को आँधिबेहरी आउनेछ र त्यसले पूर्वराजा ज्ञानेन्द्रलाई जस्तै वर्तमान प्रधानमन्त्रीलाई बढारेर लैजानेछ।'अध्यक्ष खनालले वर्तमान सरकारविरुद्ध राष्ट्रपतिले कदम चाल्ने बेला आइसकेको टिप्पणी गरे ।नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले वर्तमान सरकार राष्ट्रियताको सवालमा च्यूत भइसकेको बताए ।पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा, राप्रपाका अध्यक्ष पशुपति शम्शेर राणा, नेकपा (माले)का महासचिव सिपी मैनालीलगायतले संविधानसभा विघटनसँगै वर्तमान सरकारको संवैधानिक हैसियत समाप्त भइसकेकाले प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने धारणा राखे । 


रासस

Hot News

 

SEARCH

Newsletter

Top