Hot News
बेलायतमा आदिबासी महिलाले मनाए नारी दिवस ; समानुपातिक प्रतिनिधित्वका लागि तीन प्रतिशत 'थ्रेस होल्ड' एक सिट जित्नै पर्ने ; डीआईजीमा चन्दको बढुवा बदर ; कार दुर्घटनामा हङकङबासी विष्णु कुमार लिम्बुको मृत्यु ; युनाइटेड क्लबको ३३ औं अपग्रेडिङ्ग टेष्ट सम्पन्न
Home > News > Political

राईको सङ्घीय समाजवादी पार्टी घोषणा

Thursday, 11.22.2012, 10:22pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौ, मंसिर ७

आज एमाले पूर्व उपाध्यक्ष अशोक राईको अध्यक्षतामा एकल जातीय पहिचान पक्षधरहरुको 'सङ्घीय समाजवादी पार्टी' घोषणा गर्नु भएको छ ।  राजधानीको नयाँबजारस्थित नेपा: ब्याङकेटमा पार्टी घोषणा गरिएको हो ।नयाँ पार्टीमा एमाले छाडेका नेता कार्यकर्ताको बाहुल्यता छ भने कांग्रेसका पूर्व नेता दुर्गामणि देवानसहितका नेताहरुसमेत सहभागी छन् । ९८ सदस्यीय तदर्थ कार्यसमिति सहित बनेको पार्टीमा ८ जना उपाध्यक्ष, १ जना महासचिव, जना उपमहासचिव र ५ जना सचिव छन् ।पार्टी उपाध्यक्षहरुमा विजय सुव्वा, दुर्गामणी देवान, प्रेमकृष्ण पाठक, वीरवहादुर लामा, रकम चेम्जोङ, हेमराज राई, मोहम्मद रिजवान अन्सारी र गोपाल ठाकुर छन् । देवान बाहेक सातै जना उपाध्यक्ष एमाले छाडेका हुन् । राजेन्द्र श्रेष्ठ महासचिव चयन भएका छन् । तीन उपमहासचिवमा अजम्वर राई काङमाङ, राधा तिमिल्सिना र नोर्साङ लामा छन् । मिना गुरुङ, होरीलाल चौधरी, कर्णवहादुर वुढा मगर, रामसिं यादव र डीबी नेपाली सचिव छन् ।राज्य पुनर्संरचनामा एमालेले बहुपहिचानका आधार सात प्रदेश हुनुपर्ने अडान राखेपछि त्यसबाट असन्तुष्ट राईलगायतका नेताहरुले पार्टी छाडेका थिए । उनीहरुले एकल जातीय पहिचानको आधारमा राज्यको पुनर्संरचना हुनुपर्ने अडान राख्दै आएका छन् । त्यसले मात्र मुलुकमा रहेको जातीय उत्पीडनलाई सम्बोधन गर्न सक्ने उनीहरुको दावी रहँदै आएको छ । यही सवाललाई लिएर कांग्रेसका असन्तुष्ट पूर्व सभासद् कुमार राई लगायत तथा जनजाति आन्दोलनका अगुवा बुद्धिजीविहरुसँग एउटै पार्टी निर्माणको लागि प्रयास गरेपनि मार्क्सबाद सिद्धान्तको रुपमा राख्ने कि नराख्ने भन्ने सम्बन्धमा कुरा नमिलेपछि राईको समुहले पार्टी घोषणा गरेको हो । कांग्रेसका राई र बुद्धिजीवि डा. चैतन्य सुब्बाको समुहले भने मार्क्सवाद सिद्धान्तको रुपमा स्वीकार गर्न नसकिने अडान राखेका थिए ।


Bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top