Hot News
स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने सहमति ; भब्य कार्यक्रम माझँ 'झम्के मायालु' सार्वजनिक ; घरेलु कामदार पहिलो पटक हङकङको प्रतिनिधित्व गर्दै तेक्वान्दो प्रतियोगितामा उत्रने, ; हङकङमा हाईकिङ मार्फत आर्थिक सहयोग संकलन ; प्रधानमन्त्री र पाँच दलका शीर्ष नेताको बैठक जारी, दुई चरणमा निर्वाचन गर्ने प्रस्ताव
Home > News > Political

कांग्रेस-एमाले सहित विपक्षी १५ दलले आन्दोलन चर्काउने

Wednesday, 11.21.2012, 10:15pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौ, मंसिर ६

सरकारले अरू दलको बेवास्था गरी एकलौटी दुई तिहाई बजेट ल्याएको भन्दै कांग्रेस-एमाले सहित विपक्षी १५ दलको गठबन्धनले सहमति प्रक्रियालाई बिथोल्दै सरकारले बजेट ल्याएकोमा त्यसलाई समर्थन गर्न नसकिने जनाएको छ । गठबन्धनले अब वार्ताका लागि मात्र वार्तामा नबस्ने साथै आन्दोलनलाई चर्काउने निर्णय गरेको छ । सहमतिको प्रक्रिया अगाडि बढिरहेको बेला सरकारले एकलौटी ढंगले बजेट ल्याएपछिको अवस्था बारे समिक्षा र रणनीति तय गर्न एमाले मुख्यालयमा बसेको विपक्षी गठबन्धनको बैठकले आन्दोलनकै बलबाट सरकारलाई फाल्ने निष्कर्ष निकालेको छ । फेरि निर्वाचनको मिति घोषणालाई पनि विपक्षी दलले सत्ता लम्ब्याउने षडयन्त्र भनेको छ । बैठकपछि एमाले उपाध्यक्ष बामदेव गौतमले राजनीतिक सहमति बिना आएको बजेट अध्यादेश राष्ट्रपतिले जारी गरेकोमा त्यसलाई समर्थन गर्न नसकिने बताउनु भयो । कांग्रेस केन्द्रीय सदस्य रामशरण महतले सत्ता लम्ब्याउने षडायन्त्रका रुपमा निर्वाचनको मिति घोषणा भएको भन्दै अब वार्ताका लागि मात्र वार्तामा नबसिने जनाउनु भयो । उहाँले सहमति हुने परस्थिति निर्माण भएको अवस्थामा मात्र वार्तामा बसिने समेत बताउनु भयो ।


Bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top