Hot News
लिम्बू गीतको म्युजिक भिडियो छायाङ्कन सम्पन्न ; संखुवासभा हङकङ प्रतिभा पुरस्कार तारा र चन्द्रलाई ; गौतम बुद्धको शहर हङकङमा विमोचित ; हङकङ प्रमुखमा क्यारी लाम ; सहिद गौविन्द गौतमको परीवारले पाए सरकारको १० लाख
Home > News > Political

बजेट र निर्वाचन लोकतान्त्रिक मूल्यमाथिको ठाडो चुनौती : विपक्षी शीर्षनेताहरू

Tuesday, 11.20.2012, 10:28pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौं, मंसिर ५

प्रमुख प्रतिपक्षी दलका नेताहरूले कामचलाउ सरकारले अध्यादेशमार्फत बजेट ल्याउने र निर्वाचन घोषणा गर्ने कार्य लोकतान्त्रिक मूल्य तथा मान्यतामाथिको ठाडो चुनौती भएको धारणा राखेका छन् । उनीरूले दलहरूका बीचमा राष्ट्रिय सरकार, बजेट र निर्वाचनका लागि भइरहेका पछिल्ला वार्ता र सम्वादको ढोका बन्द गर्ने गरी ल्याएको बजेट र निर्वाचनको घोषणाले सहमतिका सबै प्रक्रिया अबरुद्ध गरी मुलुकमा निरङ्कुशता लाद्न खोज्ने अभिप्राय भएको ठहर गरेका छन् ।आन्दोलनरत् प्रतिपक्षी दलहरूका तर्फबाट नेकपा (एमाले)द्वारा आज यहाँ आयोजित कार्यक्रममा उनीहरूले मुलुकमा सर्वसत्तावाद र निरङ्कुशतन्त्र लादेर अगाडि बढ्न खोज्ने सत्तापक्ष गठबन्धनको अभिष्ट कहिँल्यै पूरा नहुने धारणा राखे ।नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले सरकारले एकलौटीरुपमा बजेट र निर्वाचनको घोषणा गरेर विधिविधान उल्लङ्घन र सहमतिको राजनीतिलाई तोड्ने कार्य भएको भन्दै नैतिक दायित्व बिर्सेर ल्याइएको त्यस्ता कार्यक्रमले सहमतिका सबै बाटा बन्द हुने जिकिर गरे ।जनता, राष्ट्र र विपक्षीलाई छक्याएर अगाडि बढ्न खोज्ने सत्तापक्षको गलत प्रवृत्तिले नेपाली जनतालाई ठूलो धोका भएको टिप्पणी गर्दै उहाँले वार्ता, सहमति, सहकार्य र एकताको विकल्प हँदाहुँदै पनि सरकारले सर्वसत्तावादका कारण मुलुकमा झन सङ्कट चुलिने आशङ्का व्यक्त गरे ।नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले राष्ट्रिय सरकार, बजेट र निर्वाचनका विषयमा राष्ट्रिय सहमति हुनैपर्ने भएको स्पष्ट हुँदाहुँदै सत्तापक्षले ल्याएको बजेट र निर्वाचनको घोषणा उसको बहुलट्ठीपना हो र यसबाट सत्तापक्षलाई वेफाइदा हुने भएकाले तत्काल सहमतिमा आउन आग्रह गरे ।उनले पछिल्ला समयमा राजनीतिक दलहरूका बीचमा सहमतिका लागि भइरहेका वार्ता र सम्वादलाई लत्याएर राष्ट्र तथा लोकतन्त्रमाथि धोका हुने गरी ल्याइएको बजेट र निर्वाचनको घोषणालाई कुनैपनि हालतमा समर्थन गर्न नसक्ने स्पष्ट पारे ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर जवराले संविधानसभाको आगामी निर्वाचन स्वच्छ र मर्यादित बनाउन आफूहरूले पटकपटक सहमतिका लागि प्रयास गर्दै जाँदासमेत सत्तापक्ष मनोमानी ढङ्गले अगाडि बढ्न खोजेर मुलुकमा सर्वसत्तावाद र निरङ्कुशता लाद्न खोजेको आरोप लगाए ।उनले सरकारले घोषणा गरेको बजेट अध्यादेश र निर्वाचन प्रतिपक्षीलाई बेवास्ता गरेर ल्याइएकाले त्यसलाई कदापि मान्न नसकिनेमा जोड दिए ।राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले सरकारले एकलौटी निर्वाचन घोषणा गरेर लोकतान्त्रिक मूल्य र मान्यतामाथि धावा बोलेको टिप्पणी गर्दै राष्ट्रप्रतिको जिम्मेवारीलाई मनन गरी प्रतिपक्षी दलहरूले सरकारका गलत क्रियाकलापविरुद्ध आन्दोलन घोषणा गरेको बताए ।नेकपा (माले)का महासचिव सिपी मैनालीले बजेटको विषयलाई लिएर सरकारले प्रतिपक्षीलाई तर्साउने काम गरिरहेको आरोप लगाउँदै सरकारको सर्वसत्तावाद र निरङ्कुशताविरुद्ध लड्न आवश्यक भएको बताए ।कार्यक्रममा सरकारले ल्याएको बजेट र घोषणा गरेको निर्वाचन प्रतिपक्षीको सहमति खोज्ने कार्यलाई हतोत्साही बनाउने कार्य भएको भन्दै खेद प्रस्ताव पारित गरिएको थियो।काँग्रेस नेता डा मिनेन्द्र रिजालले राजनीतिक दलहरूका बीचमा पछिल्लो समयमा सहमतिको प्रयास हुँदाहुँदै त्यसलाई बेवास्ता गरी बजेट र निर्वाचन घोषणा गर्नु मुलुकलाई दिशाहीन अवस्थामा लगेको भन्दै खेद प्रस्ताव पेश गरेपछि त्यसलाई प्रतिपक्षी दलका नेताहरूबाट पारित गरिएको बताए । 


रासस

Hot News

 

SEARCH

Newsletter

Top