Hot News
हङकङका पूर्व कार्यकारी प्रमुख डोनाल्ड चाङ जेल चलान ; तराईका जिल्लामा मसाल जुलुस प्रदर्शन बामदेव गौतम घर घेराउ ; सर्वपक्षीय सरकार आवश्यक छ :नयाँ शक्ति नेपाल ; कञ्चना सुनुवार स्मृति सभा सम्पन्न ; राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा विजयी
Home > News > Political

तीन दलका शीर्ष नेताहरू बैठक निष्कर्ष बिहीन

Monday, 11.19.2012, 10:51pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौं, मंसिर ४

राजनीतिक अन्यौलका विषयमा छलफल गर्न बसेको तीन दलका शीर्ष नेताहरुको बैठक बिना निष्कर्ष टुङ्गिएको छ । कांग्रेस सभापति सुशील कोइरालाको निवासमा भएको बैठकमा मलुकको समग्र राजनीतिक अवस्थाको समीक्षा भएको जनाइएको छ । अध्यक्ष झलनाथ खनालका अनुसार बैशाख भित्रै चुनाव गर्ने विषयमा सबै दल सहमत भएको र सरकार, बजेट र चुनावी प्रक्रियाका विषयमा छलफल भएको बताउनु भयो । मुलुकको राजनीतिक अन्योलका विषयमा छलफल भए पनि सहमति भने कुनै विषयमा हुन नसकेको खनालको भनाई थियो । कांग्रेस सभापति सुशील कोइरालाले सहमतिकै विषयमा छलफल भए पनि ठोस सहमति हुन नसकेको बताउनु भयो । सरकारले आइतबार बजेट लैजाने निर्णय फिर्ता लिएपछि बजेटका विषयमा सहमति जुटाउन यो बैठक बसेको बताइएको थियो । बजेटका विषयमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आइतबार राष्ट्रपति डा. रामवरण यादवलाई भेट्नु भएको थियो । भेटमा यादवले राष्ट्रिय सहमति जुटाएर मात्रै बजेट ल्याउन आग्रह गर्नु भएको थियो।


Bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top