Hot News
घोषणापत्र जारी गर्दै इन्टरपोलको एसिया प्यासिफिक सम्मेलन सम्पन्न ; घोषणापत्र जारी गर्दै इन्टरपोलको एसिया प्यासिफिक सम्मेलन सम्पन्न ; मन्त्रिमण्डल ४३ सदस्यीय पुग्यो ; हुलाकी राजमार्ग उद्घाटन, भारतीय राजदूतलाई कालोझन्डा देखाउने ६ पक्राउ ; किरात राई यायोक्खा हङकङले यले दुङ ५०७७ मनायो
Home > News > Political

'दाहाल माथिको आक्रमण नेताहरुको साख गिराउने षडयन्त्र'

Friday, 11.16.2012, 09:09pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौ, मंसिर २

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई थप्पड हानिएको घट्नालाई देशलाई प्रतिगमन तर्फ धकेल्ने उद्देश्यले गराईएको पार्टीले निष्कर्ष निकालेको छ । शनिबार पार्टी मुख्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्नी सापकोटाले पार्टी र तिनका नेताको तेजोवध गर्ने तथा नेतारुको साख गिराउने गम्भीर षडयन्त्रका रुपमा घट्ना गराइएको बताए । घट्नाको भत्र्सना गर्दै पार्टीले उक्त घट्नाबाट पार्टी तथा नेताहरु विचलित नभएको समेत दावी गरेको छ ।उनले उक्त घट्नलाई आक्रोशको रुपमा विश्लेष गरेर ढाकछोपको प्रयास गरिएकोबाट त्यो सुनोजित भएको देखिएको दावी गरे । उनले घट्नाबाट कोही विचलित नभएको भन्दै शान्ति र संविधानप्रतिको प्रतिवद्धता दोहोर्‍याए । नेताहरुको सुरक्षा नयाँ ढंगबाट गर्ने विषयमा छलफल भइरहेको उनले जनाए ।पार्टीले शुक्रबार भृकुटी मण्डपमा गरेको चियापान कार्यक्रममा बाग्लुङका युवक पदम कुँवरले दाहाललाई थप्पड हानेका थिए । कुँवर प्रहरी नियन्त्रणमा छन् ।


Bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top