Hot News
राष्ट्रिय सभा गठन विवादको राजनीतिक समाधान खोज्नु पर्ने माओवादी केन्द्रको निष्कर्ष ; अशोक राईसँगको एकता उपेन्द्र यादवलाई लाभ कि दबाब ? ; सत्तालिप्सामा माओवादी, कांग्रेस हार्दा सिटौलालाई दोष ; उपत्यकाको तापक्रम दुई डिग्रीमा झर्‍यो, अझै चिसो बढ्ने ; हङकङ नर्थ फेस दौड मा बेद सुनुवारको सानदार जीत
Home > News > Political

माओवादी निकट मजदुरहरुले उद्योग कब्जा गरेको घोषणा

Thursday, 10.18.2012, 09:35pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौँ, कार्तिक २

नेकपामाओवादी निकट मजदुरहरुले राजधानीको चोभारस्थित हिमाल सिमेन्ट उद्योग कब्जा गरेको घोषणा गरेका छन् । उद्योगको बन्द उद्योगमा पार्टीको झण्डा गाडेर माओवादी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले आज कब्जा गरेको घोषणा गरेको हो । नेकपा माओवादीको नवगठित युवा संगठन जनस्वंय सेवकले धराशायी उद्योगमा भएको अनियमितता भण्डाफोर गर्ने कार्यक्रम सार्वजनीक गरेलगत्तै पार्टी निकट अर्को संगठनले भने सिमेन्ट उद्योग कब्जा गरेको हो । महासंघका अध्यक्ष रामदीप आचार्यले उद्योगका सामान कवाडीको भाउमा बेच्ने तयारी भएकाले कब्जा गरेको दावी गर्नुभयो । उद्योग संरक्षण गर्नुको साटो सरकार नै कवाडीको भाउमा उद्योगका सामाग्री बिक्री गर्ने तयारीमा लागेकाले दवाव स्वरुप सो कदम चालिएको आचार्यको भनाई छ । महासंघले आवश्यक परे उद्योगमा पार्टी युवा दस्ताको क्याम्प खडा गर्ने चेतावनी दिदै उद्योग पुन: सञ्चालन गर्नुपर्ने र मजदुरलाई रोजगारी दिनुपर्ने माग अघि सारेको छ ।


Bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top