Hot News
स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल
Home > News > Political

प्रधानमन्त्रीका लागि भट्टराई र पौडेलले मनोनयन दर्ता

Friday, 08.26.2011, 10:13pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौं, भदौ ९

शुक्रबार एकीकृत माओवादीका बाबुराम भट्टराई र कंग्रेसका रामचन्द्र पौडेलले प्रधानमन्त्री पदका लागि व्यवस्थापिकासंसदमा मनोनयन दर्ता गर्नुभएको छ । भट्टराईको प्रस्तावकमा माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाल र समर्थकमा उपनेता नारायणकाजी श्रेष्ठ हुनुहुन्छ । त्यस्तै, पौडेलको प्रस्तावकमा प्रकाशमान सिंह र समर्थकमा विमलेन्द्र निधि हुनुहुन्छ ।मनोनयन दर्ता गरेपछि भट्टराईले आफूहरुको एजेन्डा शान्ति र संविधान भएकाले उम्मेदवारी दिएको संक्षिप्त प्रतिक्रिया दिनुभयो । उहाँका प्रस्ताव दाहालले आफ्नो उम्मेदवारको जित्ने आधार सभासद्हरुको मत भएको बताउनुभयो । त्यस्तै, कांग्रेस उम्मेदवार पौडेलले दिगो शान्ति र संविधानका लागि आफूले दावेदारी पेश गरेको बताउनुभयो । दलहरुसंग परामर्श गरी आफ्नो पक्षमा समर्थन पुर्‍याउने पौडेलको भनाइ छ । प्रधानमन्त्रीका लागि आईतबार अपरान्ह १ बजे संसदमा मतदान हुने भएको छ ।


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top