Hot News
स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल
Home > News > Political

गोकर्ण रिसोर्टको तीन पक्षीय छलफल विफल

Wednesday, 05.25.2011, 10:56pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौं, जेष्ठ ११

संविधानसभाको म्याद थपका लागि सहमति जुटाउन बुधबार बसेको मुख्य दल छलफल विफल भएको छ । संविधानसभाको म्याद सकिन ३ दिन मात्र बाँकी भएपनि मुख्य दल आआफ्नै अडानमा कारण सहमति हुन नसकेको हो । राजधानीको गोकर्ण रिसोर्टमा भएको तीन पक्षीय छलफलमा शान्ति प्रक्रिया र संविधानसभाको म्याद थपको बिषयमा निष्कर्षमा पुग्न नसकेपछि सहमति खोज्ने जिम्मा मुख्य दलका शीर्ष नेतालाई दिइएको छ । नेताहरुका अनुसार, सहमतिको पहलमा बिहिबार विहान प्रधानमन्त्री एवंम् एमाले अध्यक्ष झलनाथ खनाल, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति सुशील कोइरालावीच छलफल हुने भएको छ । माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रियाको बिषयमा केन्द्रित भएर छलफल भएपनि निष्कर्षमा पुग्न नसकिएको बताउनुभयो । लडाकू विशेष समितिको मातहत आइसकेकाले हतियार तत्काल बुझाउनुपर्ने कांग्रेस लगायत दलको प्रस्ताव स्वीकार्य हुन नसकेको श्रेष्ठको भनाइ छ ।एमाले महासचिव इश्वर पोखरेलले भने समायोजनका लागि नेपाली सेनाले पेश गरेको प्रस्तावमा सहमति उन्मुख भएको बताउनु भयो ।

 


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top