Hot News
स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने सहमति ; भब्य कार्यक्रम माझँ 'झम्के मायालु' सार्वजनिक ; घरेलु कामदार पहिलो पटक हङकङको प्रतिनिधित्व गर्दै तेक्वान्दो प्रतियोगितामा उत्रने, ; हङकङमा हाईकिङ मार्फत आर्थिक सहयोग संकलन ; प्रधानमन्त्री र पाँच दलका शीर्ष नेताको बैठक जारी, दुई चरणमा निर्वाचन गर्ने प्रस्ताव
Home > News > Political

छुट्टाछुट्टै दुईपक्षीय छलफल निस्कर्ष बिहिन

Tuesday, 05.24.2011, 10:00pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौ, जेष्ठ १०

संविधान सभाको म्याद थपका लागि कांग्रेसले राखेको दश बुँदे सर्तका बिषयमा बसेको मंगलबार बसेको छुट्टा छुट्टै दुईपक्षीय छलफल बिना निस्कर्ष सकिएको छ । एमाले र कांग्रेस तथा माओवादी र कांग्रेसबीच छलफल भएको थियो ।छलफलमा आआफ्नो दलको निर्णय र धारणा राखेको र संविधान सभाको म्यादका विषयमा भने सहमति हुन नसकेकाले बुधबार काठमाडौँ गोकर्ण रिसोर्टमा तीन दलबीच छलफल गर्ने सहमति भएको छ ।बानेश्वरको एक होटलमा भएको एमाले र कांग्रेसको छलफलमा एमाले र कांग्रेसका शीर्ष नेताहरुको उपस्थिति थिए ।मंगलबार नै ससद् भवनमा नेपाली कांग्रेस र माओवादाबीच भएको छलफलमा पनि सहमति हुन सकेन ।छलफलमा माओवादीले संविधान सभाको म्याद थपको प्रस्ताबमा सहमति जनाउन कांग्रेसलाई आग्रह गरेको थियो । जवाफमा कांग्रेसले आफ्ना माग पूरा नभएसम्म प्रस्ताबमा समर्थन जनाउन नसक्ने बताएको कांग्रेस महामन्त्री कृष्ण सिटौमाले जानकारी दिनु भयो ।दुबै दलमा शीर्ष नेताहरु संलग्न छलफलमा शान्ति प्रक्रियालाई सहमित जुटाउन कार्यदल गठन गर्ने सहमति भने भएको छ ।


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top