Hot News
हङकङ तेह्रथुम मञ्चको १२ औ वार्षिक कार्यक्रम सम्पन्न ; उर्जामन्त्री जनार्दन शर्मा र निर्देशक कुलमान घिसिङ हङकङ आउने ; माओवादी नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनलाई उपचार गर्न बैंकक लगिँदै ; नेपाल च्याम्बर अफ कमर्श हङकङको ९औं वार्षिकोत्सव सम्पन्न ; चित्रकार "दिपेन्द्र राई" को चित्रकला बगैँचा रेस्टुरेन्टमा प्रदर्शनी,
Home > News > Political

राष्ट्रपति र माओवादी अध्यक्षबीच काँग्रेस सभापति र भारतीय राजदूतबीच पनि भेटवार्ता

Tuesday, 05.24.2011, 09:57pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौ, जेष्ठ १०

             संविधानसभाको म्याद, १४ पछिको संवैधानिक रिक्तताका विषयमा राष्ट्रपति डा. रामवरण यादव र  माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।भेटमा राष्ट्रपति डा. यादवले संविधानसभाको म्याद थपका लागि सहमतिका आधारमा निर्णय गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । जेठ १४ पछिको संवैधानिक रिक्तताका विषयमा दलिय सहमतिका आधारमै टुङ्गोमा पुग्नु पर्ने उहाँको भनाई थियो । पछिल्लो राजनीतिक अवस्थाका बारेमा माओवादी अध्यक्ष पुष्पकमल दाहालसंगको भेटमा राष्ट्रपतिले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।अध्यक्ष दाहालले जेठ १४ आउन ४ दिनमात्र बाँकी रहंदा आफ्नो पार्टीका तर्फबाट शान्ति प्रक्रियामा भइरहेका प्रगतिका बारेमा राष्ट्रपति जानकारी दिनु भएको थियो । बैठकमा संविधानसभाको म्याद थप, शान्ति प्रक्रियामा भएका प्रगति लगायत विषयमा छलफल भएको दहालले बताउनु भयो ।यता राजनीतिक संकटका बेला मंगलबार बिहान काँग्रेस सभापति र भारतीय राजदूत राकेश सुदबीच पनि भेटवार्ता भएको छ । सभापति कोइराला र राजदूत सुदबीच संविधानसभाको म्याद जेठ १४ गते सकिएपछिको अबस्था तथा शान्ति प्रकृयाका बारेमा छलफल भएको बुझएको छ ।


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top