Hot News
घोषणापत्र जारी गर्दै इन्टरपोलको एसिया प्यासिफिक सम्मेलन सम्पन्न ; घोषणापत्र जारी गर्दै इन्टरपोलको एसिया प्यासिफिक सम्मेलन सम्पन्न ; मन्त्रिमण्डल ४३ सदस्यीय पुग्यो ; हुलाकी राजमार्ग उद्घाटन, भारतीय राजदूतलाई कालोझन्डा देखाउने ६ पक्राउ ; किरात राई यायोक्खा हङकङले यले दुङ ५०७७ मनायो
Home > News > Political

राष्ट्रिय सहमतिको ठोस आधार नबनेसम्म प्रधानमन्त्रीले राजिनाम नदिने

Tuesday, 05.24.2011, 09:55pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौ, जेष्ठ १०

राष्ट्रिय सहमतिको ठोस आधार नबनेसम्म प्रधानमन्त्रीले राजिनाम नदिने निर्णय गरेको छ । मंगलबार बसेको एमालेको केन्द्रिय समिति बैठकले राष्ट्रिय सहमति हुने प्रष्ट आधार तय भएमात्र प्रधानमन्त्रीले मार्ग प्रसस्त गर्ने निर्णय गरेको पोलिट ब्यूरो सदस्य गोकर्ण विष्टले जानकारी दिनु भयो । बैठकले पारित गरेको शान्ति प्रक्रिया, संविधान र राष्ट्रिय सहमतिको सम्बन्धि प्रस्ताब केन्द्रिय समितिले मंगलबार सुझाब स्वरुप पेश गरेको छ । पारित प्रस्ताबमा संविधान सभाको म्याद ६ महिना थप्नु पर्ने, ५ हजार लडाकु सुरक्षा निकायमा समायोजन गर्नु पर्ने आदि बुँदा समेटिएका छन् । नेपाली सेनाको मातहातमा रहनेगरी महानिर्देशनालय गठन गरी माओवादी लडाकु समायोजन गर्नसकिने समेत बैठकले निर्णय गरेको छ । महानिर्देशनालयलाई विकास निर्माण, औद्योगिक, वनजंगलको सुरक्षा, प्रकृतिक विपतिमा उद्धार कार्यको अधिकार दिन सकिने पोलिट ब्यूरो सदस्य प्रदीप ज्ञवलीले जानकारी दिनु भयो । संविधान सभाको अवधि, समायोजन हुने लडाकुको संख्या लगायका विषयमा अन्य दलहरुसाग छलफल गर्दा हेफेर समेत गर्न सकिने गरी प्रस्ताब पारित भएको छ ।

 


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top