Hot News
यस वर्षको 'राष्ट्रिय स्रष्टा सम्मान २०७३’ बरिष्ठ गीतकार राजेन्द्र थापालार्इ ; हङकङमा निशुल्क स्वस्थ शिबिर मार्फत नेपालका बाढी पिडितलाई सहयोग जुटाउने ; नयाँ शक्ति ध्रुवीकरणमा देवेन्द्र पौडेलले पनि छाडे बाबुरामको साथ ; क्यान्सर रोगी सिपाहीलाई संखुवासभा समाज हङकङद्धारा सहयोग ; ललितपुर चुम्लुङद्धारा याःलाङ प्रशिक्षण
Home > News > Political

पार्टी गठनको दोस्रो दिनमानै प्रधानमन्त्रीको राजिनामा माग

Tuesday, 05.24.2011, 09:53pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौ, जेष्ठ १०

नवगठित मधेशी जनअधिकार फोरम गणतान्त्रिकले पनि संविधानसभाको म्याद थपका लागि प्रधानमन्त्रीको राजिनामा पहिलो सर्त बनाएको छ । मधेसी जनअधिकार फोरम नेपालबाट छुट्टिएको भोलिपल्टै काभ्रेको धुलिखेलस्थित एक रिसोर्टमा आज बसेको सो पार्टीको पहिलो केन्द्रिय समितिको बैठकले कांग्रेसकै सर्त पछ्याउदै यस्तो निर्णय गरेको हो । जेठ १४ अगावै एकिकृत माओवादीले शान्ति प्रक्रियाकालागि व्यवहारिक कार्यान्वयनको प्रतिबद्धता नगरे संविधानसभाको म्याद थपको औचित्य पुष्टि नहुने फोरम गणतान्त्रिकले ठहर गरेको छ । बैठकमा जिम्मेवारी बाँडफाँडका विषयमा छलफल भए पनि कुनै निर्णय नभएको गणतान्त्रिकले जनाएको छ ।सोमबार मात्रै मधेशी जनअधिकार फोरमबाट अलग भई जयप्रकाश प्रसाद गुप्ताको नेतृत्वमा १३ जना सभासदले मधेसी जनअधिकार फोरम गणतान्त्रिक नामको नयाँ पार्टी गठन गरेका थिए ।


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top