Hot News
चिकित्सा शिक्षा अध्यादेश पारित ; ल्याउन सकेन सरकारले चिकित्सा शिक्षा विधेयक ; गृहसचिवमा लोकदर्शन रेग्मी तथा प्राधिकरण सीईओमा युवराज भुषाल नियुक्त ; यस्ता छन कांग्रेस र एमाले ले टुंगो लगाएको उम्मेदवारहरू ; उम्मेदवारको मनोनयन दर्ता आज
Home > News > Political

मधेसी जनअधिकार फोरम नेपाल फेरि विभाजित

Tuesday, 05.24.2011, 01:46am (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौं, जेठ ९

संविधानसभाको म्याद थपका लागि गृहकार्य भैरहेका बेला मधेसी जनअधिकार फोरम नेपाल फेरि विभाजित भएको छ । सहअध्यक्ष रहेका जयप्रकाश प्रसाद गुप्ताले १३ सभासद्सहित फोरम गणतान्त्रिक नामको पार्टी संसद सचिवालयमा दर्ता गराउनु भएको छ । उपेन्द्र यादव नेतृत्वको फोरम नेपालमा पछिल्लो समय असन्तुष्ट रहंदै आएका गुप्ताले संविधानसभाको म्याद थपबारे चर्को बहस भइरहेका बेला नयाँ पार्टी खोल्नुभएको हो । नयाँ पार्टीमा सभासद् नन्दनकुमार दत्त, चन्द्रिका यादव, राजलाल यादव, सुरिता कुमारी शाह, सविता यादव, सलमा खातुन, ओमप्रकाश यादव, सन्ध्या देवी, विश्वनाथप्रसाद शाह , अकबल अहम्मद , आत्मारामप्रसाद शाह र राजकिशोर यादव प्रवेश गरेका छन् ।फोरम परित्याग गरेका नन्दनकुमार दत्त वर्तमान सरकारमा कृषि राज्य मन्त्री नियुक्त भएपनि सपथ नलिई बस्नुभएको थियो भने विश्वनाथप्रसाद शाहले रातो पासपोर्ट दुरुपयोगको अभियोगको मुद्धा खेपिरहनुभएको छ । दत्तले राज्य मन्त्रीबाट राजिनाम दिनु भएको छ ।नव गठित फोरम गणतान्त्रिक ससदिय दलका नेतामा जेपि गुप्ता, उपनेतामा दत्त, प्रमुख सचेतकमा चन्द्रिका यादव, सचेतक राजकिशोर यादव सचिबमा राजलाल यादव, कोषध्यक्षमा सुरिता कुमारी शाह हुनु हुन्छ । फोरम गणतान्त्रिक १३ सभासद्सहित संविधान सभामा पाचै ठूलो दल बनेको छ ।सभा निर्वाचनमा ५३ सिट प्राप्त गरेको फोरम यस अघि तत्कालिन माधव कुमार नेपालको नेतृत्वको सरकार गठनका बेला बिभाजित भएको थियो ।


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top