Hot News
किरात राईहरुको देउसी भैलोलाई ८ नं. ताइफुनले पनि रोक्न सकेन ; एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयी ; विजयकुमार गच्छदारले गरे नेपाली कांग्रेससँग एकता ; मेलबर्नमा लक्ष्मी जयन्तीमा "पर्खिरहेको घर" बिमोचन ; कांग्रेस र नयाँशक्तिबीच चुनावी तालमेल गर्ने सहमति
Home > News > Political

पर्यटन ब्यवसायीहरुद्बारा बन्दको बिरोध, सोमबारको उपत्यका बन्द भने फिर्ता

Sunday, 05.22.2011, 11:09pm (GMT+6.5)    | Comment | Print | Tell friend

 काठमाडौ, जेष्ठ ८

समाजले खस क्षेत्रीलाई आरक्षण सुनिश्चित गराउनुपर्ने, लोकतान्त्रिक संविधान सुनिश्चित गर्नुपर्ने, खसान राज्य कायम गराउनुपर्ने, प्रथम खस सम्राट जाबेश्वर नागराजुलाई राष्ट्रिय विभूति घोषणा गराउन माग गर्दै खसक्षेत्री समाजले घोषणा गरेको बन्दको पहिलो दिन आइतबारको काठमाडौँको जनजीवन प्रभाबित भएको छ । जबरजस्ती यातायाताका साधन रोक्ने बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । यसैक्रममा पर्यटन ब्यवसायीहरुले बन्दको बिरोध गर्दै ठमेलबाट निकालेको विरोध र्‍याली निकालेका थिए । यतागृह मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै सर्वसाधारण र अर्थतन्त्रमा प्रतिकूल प्रभाव पार्ने बन्दलगायत विरोधका कार्यक्रम नगर्न दल र संगठनहरूलाई आग्रह गरेको थियो । शान्ति प्रक्रिया टुंग्याई बेलैमा संविधान जारी गर्न दबाबस्वरूप गरिएका शान्तिपूर्ण प्रदर्शनको भने सम्मान गर्ने उसले जनाएको थियो । खसक्षेत्री समाजले घोषणा गरेको सोमबारको उपत्यका बन्द भने फिर्ता लिएको छ । सरकारी प्रतिनिधिसंगको बार्ता सकरात्मक भएपछि बन्द फिर्ता लिएको हो ।सरकारी वार्ता टोलीका संयोजक विना विभागीय मन्त्री घनश्याम भूषालका स्वाकीय सचिव अनन्द श्रेष्ठले क्षेत्री समाजले बन्द फिर्ता लिएको ईकान्तिपुरलाई जानकारी दिनु भएको छ । समाजले आइतवार र सोमबार उपत्यका बन्दको आह्वान गरेको थियो । सरकारले समाजले राखेका बिभिन्न मागका सम्बन्धमा कार्यदल बनाउने प्रतिबद्धता जनाएपछि बन्द फिर्ता गरिएको श्रेष्ठले जानकारी दिए ।


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top