Hot News
उपप्रधान तथा गृह मन्त्री बिमलेन्द्र निधिको राजीनामा, महाअभियोगप्रति असन्तुष्टी ; प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग, कामुमा गोपाल पराजुलीलार्इ नियुक्त गर्ने तया ; बगैचा लिमिटेड हङकङको नेतृत्वमा नरेश सुनुवार ; बक्स अफिस लागू गर्ने तयारी ; संरक्षकको शानदर जीत, ईराको उदय,
Home > News > Political

बाबुराम भट्टराईलाई ज्यान मार्ने धम्की दिने मजदुर नेता कारबाहीमा

Saturday, 05.21.2011, 11:33pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौं, जेष्ठ ७

माओवादीले पार्टी उपाध्यक्ष बाबुराम भट्टराईलाई ज्यान मार्ने धम्की दिने मजदुर नेता जनक बर्तौला कारबाहीमा परेका छन् । शनिबार पार्टी कार्यालय कोटेश्वर पेसिडाँडामा बसेको स्थायी समिति बैठकले बर्तौलालाई पार्टी दायित्वबाट तीन महिना हटाउने निर्णय गरेको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनु भएको थियो। शनिबार नै स्थायी समिति बैठकमा बर्तौलालाई बोलाएर बयान लिइएको थियो । उनले भने आफुले आदणिय नेतालाई ज्यान मार्ने धम्की नदिएको दाबी गरे । स्थायी समिति बैठकमै भट्टराईका सुरक्षा गार्ड सनीप क्षेत्रीले भने बर्तौलाले भट्टराईलाई ज्यान मार्ने धम्की दिएको दाबी गरेको बताएका थियो ।माओवादी मजदुर संगठनका कार्यकर्ता एवं हयात होटलस्थित क्यासिनो ताराका बाउन्सर जनक बर्तौलाले एक साताअघि पार्टी कार्यालयबाटै टेलिफोन गरी भट्टराईलाई चार/पाँच दिनभित्र सिध्याउनुपर्ने' धम्की दिएका थिए ।माओवादीले राजधानीको खुलामञ्चमा जेठ १० गते गर्ने भनेको जनसभा स्थगित गरेको छ । उक्त जनसभा ११ गते गरिने प्रवक्ता शर्माले जानकारी दिए ।


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top