Hot News
हङकङबासी १३ वर्षिया नेपाली बालिकाद्धारा आत्महत्याको प्रयास ; पत्रकारलाई लक्षित गरी आरआर क्याम्पसमा पेट्रोल बम प्रहार ; लिम्बू गीतको म्युजिक भिडियो छायाङ्कन सम्पन्न ; संखुवासभा हङकङ प्रतिभा पुरस्कार तारा र चन्द्रलाई ; गौतम बुद्धको शहर हङकङमा विमोचित
Home > News > Political

कांग्रेसको जनसभा सकियो, संविधान सभाको म्याद थप्ने प्रस्ताबमा कांग्रेसको असहमति

Friday, 05.20.2011, 09:58pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौ, जेष्ठ ६

नेपाली कांग्रेसले शुक्राबार काठमाडौँमा जनसभा गर्दै कांग्रेसले संविधान सभाको म्याद थप्नका लागि माओवादी आधारभूत रुपमा नै सैन्य प्रक्रिया र हतियारबाट अलग हुनु पर्ने धारणा सार्वजानिक गरेको छ । जन सभालाई सम्बोधन गर्दै कांग्रेसका शीर्ष नेताहरुले आफ्ना सर्तहरु पुरा नभएसम्म संविधान सभाको म्याद नथप्ने बताउदै राष्ट्रिय सहमतिका लागि तत्काल प्रधानमन्त्रीले राजिनाम समेत दिनु पर्ने सर्त समेत अघि सारेका छन् ।शान्ति र संविधानको लागि पार्टीले अघि सरेको दश बुदे सर्त माओवादीले सम्बोधन नगरे नसक्ने भए उसले ल्याएको संविधान सभाको म्याद थपको प्रस्ताब पनि सहमत नहुने कांग्रेस नेताहरुले बताएका छन् ।

कांग्रेस सभापति सुशील कोइरालाले माओवादी जिम्मेवार र इमान्दारीका साथ प्रस्तुत भए शान्ति प्रक्रिया सहित संविधान निर्माण हुने बताउनु भयो । माओवादी सहिष्णु र सदाचारलाई अपमान गरे र मओवादी ‍नसुध्रिय अरु तानाशाह जस्तै माओवादी पनि पतन हुने ठोकुवा गर्नु भयो । आफुहरुले अझै पनि वार्ता, सहमति र सहकार्यबाटै समस्या समाधान होस् भन्ने चाहेको र यदि यसलाई अपमान गरे त्यो भूल हुने भन्दै अरु तानाशाह जस्तै माओवादी पनि पतन हुने कुरा उल्लेख गर्नु भयो ।दलहरुबीच एक सातामै सहमति हुनुपर्नेमा जोड दिंदै कोइरालाले त्यसो हुन नसके मुलुक नसोचेको दुर्घटनातर्फ धकेलिने बताउनु  भयो ।यसैक्रममा कांग्रेस नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लडाकु समायोजन बारे माओवादीले सेनाको प्रस्तावलाई हुबहु माने त्यसलाई कांग्रेसले सहर्स  स्वीकार्ने बताउनु भयो ।साथै कांग्रेस उपसभापति एवं संसदीय दलका नेता रामचन्द्र पौडेलले शान्ति सम्झौताको माओवादीले अक्षरंश पालना गर्नु पर्ने बताउँदै त्यसैको आधारमा माओवादी लडाकुबाट अलग हुनु पर्ने बताउनु भयो ।उहाँले कुनै पार्टीले हतियारको आधारमा नभै बिचारको आधारमा राजनीति गर्नु पर्ने धारणा ब्यक्त गर्नु भयो ।साथै उहाँले माओवादी आफ्नै कारण असुरक्षित बनेको बताउँदै असुरक्षित रहेको पार्टीले जनता र लोकतन्त्रको सुरक्षा गर्न नसक्ने बताउनु भयो । कांग्रेस महामन्त्री प्रकाशमान सिंहले माओवादीले तत्काल लडाकुको सिबिर खालि गर्नु पर्ने बताउनु भयो ।कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले यथास्थितिमा संविधानसभाको म्याद थप्न नसकिने बताउनु भयो । उनले माओवादीको अहिलेकै क्रियाकलापका कारण संविधानसभाको म्याद थपको साक्षी कांग्रेस बन्न नसक्ने उहाँले बताउनु भयो ।

सभामा नेता बिमलेन्द्र निधी, निलामबर आचार्य, रामसरण महत, नरहरी आचार्य, नेतृ सुजता कोइराला, गगन थापा, नबिन्द्रराज जोशी, आदीले माओवादीले शान्ति प्रक्रिया इमान्दारीका साथ कार्यन्वयन नगरेका कारण राजनीतिक गतिरोध सृजना भएको आरोप लगाएका थिए ।


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top