Hot News
बाटो काट्दै हुनुहुन्छ ? जरिवानामा पर्नुहोला ? ; राष्ट्रपतिद्वारा सेना परिचालन गर्न स्वीकृति ; गायक/गीतकार/संगीतकार/सन्तोस आङदेम्बे मोडलीङ तिर ; नेपाली सिने जगतका वरिष्ठ कलाकार दिपक क्षेत्रीको स्वास्थ उपचार सहयोग रकम हस्तान्तरण । ; स्पारिङ तथा पुम्से च्याम्पियनसिपमा युनाइटेड क्लबलाई १४ गोल्ड मेडल
Home > News > Political

सेनाकै प्रस्ताबमा माओवादीले लडाकु समायोजन गर्न सहमत

Thursday, 05.19.2011, 11:36pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौं, जेष्ठ ५

माओवादीले लडाकु समायोजनका लागि नेपाली सेनाको प्रस्तावमै जाने निर्णय गरेको छ । बिहीबार साँझ बसेको माओवादी स्थायी समिति बैठकले सेनाको प्रस्तावलाई सहमति जनाउने निर्णय गरेको हो । बैठकपछि स्थायी समिति सदस्य वर्षमान पुनले सेना समायोजनका लागि नेपाली सेनाकै प्रस्ताव उपयुक्त रहेको भन्दै यसलाई सहमतिको आधार बनाउन सकिने समेत बताउँनु भयो ।

बैठकपछि माओवादीले प्रेस विज्ञप्ति समेत जारी गरेको छ । प्रवक्ता दीनानाथ शर्माले जारी गर्नु भएको विज्ञप्तिमा :-देशको वर्तमान विशिष्ट परिस्थिति एवम् शान्तिप्रक्रियाप्रति संवेदनशील हुँदै र जनताको अपेक्षामा ध्यान दिँदै सेना समायोजनको सम्बन्धमा नेपाली सेनाअन्तर्गत एउटा छुट्टै महानिर्देशनालय गठन गरी निश्चित जिम्मेवारीसहित छुट्टै मिश्रित सुरक्षा अङ्ग निर्माण गर्ने समायोजनको प्रारुपमा सहमत रहेको, सेनाको संख्या राजनीतिक पार्टीहरूबीचमा छलफल गरी त्यस क्रममा निश्चित गर्ने, अनमिनलाई विदा गरिसकिएपछिको हालको स्थितिमा अनुगमनको लागि आवश्यक जनशक्ति तत्काल खटाइने, शान्तिप्रक्रियाको सेना समायोजन एवम् पुनस्र्थापना र संविधान निर्माणका पक्ष अन्तरसम्वन्धित रहेको यसै अनुरुप अघि बढ्ने कुराहरु उल्लेख गरिएको छ ।साथै केन्द्रिय समितिको वैठक पुन: जेष्ठ ६ गते दिउँसो ४:०० बजे पुनः बस्ने कुरा समेत उल्लेखित छ ।


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top